Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २८, २०८०
in समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागूऔषधको समस्या बढिरहेको पाइएको छ ।

अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यसैगरी, बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको पाइएको छ । आव २०७७/७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८/७९ मा ३६ र आव २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए । त्यस्तै, बेरोजगार युवामा आव २०७७/७८ मा पाँचजना र आव २०७८/७९ मा दुईजना पक्राउ परेकामा आव २०७९८० मा २२ जना पक्राउ परेका थिए ।

लागूऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको सङ्ख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुई/दुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९/८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।

प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९/८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको सङ्ख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको सङ्ख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९/८० मा एकजना मात्र पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मङ्सिर महिनासम्ममा लागूऔषधका ५० मुद्दा दर्ता भएका छन् जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आव २०८०/८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् ।

आव २०७९/८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आव २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागूऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन् । उनी घर र विद्यालय तहबाटै सचेतना फैलाउन आवश्यक भएको ठान्छन् ।

Tags: #रासस#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    421 shares
    Share 168 Tweet 105

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.