धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा ठप्प भएको छ ।
बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरूले आइतबार (आज) बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पूरा नभएपछि सेवा बहिष्कार गरेका छन् ।
शिक्षक कर्मचारीहरूले आज बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । तर, विदामा बसेका कार्की प्रतिष्ठानमा नै आएका छैनन् ।
उनीहरूको आन्दोलनका कारण आइतबारदेखि ओपीडी सेवा बन्द भएको छ।
उनीहरूले ओपीडीको चाबी अस्पताल प्रशासनलाई बुझाएका छन्। आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।














Discussion about this post