बराहक्षेत्र : सप्तकोसी नदीमा सञ्चालित जेटबोट तथा जलयातायात कम्पनीलाई कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले कागजात उपलब्ध गराउन पाँच दिने अल्टिमेटमसहितको पत्राचार गरेको छ ।
सप्तकोसी नदीमा जल मनोरञ्जन खेलका लागि र्याफ्टिङ्ग एजेन्सीको रूपमा प्राप्त गरेको इजाजतको दुरुपयोग गरी राष्ट्रिय महत्वको सप्तकोसी नदीमा बिना पूर्वाधार जलयात्राका मापदण्ड विपरीत जलयात्रासम्बन्धी व्यवसाय सञ्चालन गरी प्राकृतिक स्रोत, साधनको दुरुपयोग तथा चरम आर्थिक शोषणका साथै आम सर्वसाधारण नागरिकको सुरक्षामा समेत ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा उजुरी परेपछि कोसी प्रदेश मन्त्रालयले ११ जलयातायात कम्पनी र दुई व्यक्तिलाई पत्र काटेको हो ।
मन्त्रालयअन्तर्गत छानविन समितिका संयोजक अखिलेशकुमार गुप्ताका अनुसार स्थलगत अवलोकनका क्रममा व्यवसाय सञ्चालनसँग सम्बद्ध कागजातहरू पेश गर्ने भनी अनुरोध गरिएकोमा हालसम्म पनि कागजातहरू प्राप्त हुन नआएकोले लिखित रूपमा पाँच दिनभित्र मन्त्रालयको छानविन समिति समक्ष पेश गर्नुपर्नेछ ।
जलयातायात कम्पनीहरू दन्तकाली जल विहार प्रा.लि., बराहक्षेत्र-२, सुनसरी, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि., बराहक्षेत्र-४, सुनसरी, वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रा. लि.बराहक्षेत्र-१, सुनसरी, सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा. लि., वराहक्षेत्र-१ सुनसरी, नेपाल रिभर ट्रान्सपोर्ट प्रा. लि., काठमाण्डौ १६ काठमाण्डौ, कोशी एडभेन्चर प्रा.लि.सुनसरी, धरणी बराह जल यातायात तथा पर्यटन प्रा.लि.वराहक्षेव-१. सुनसरी, सप्तकोशी जल यातायात प्रा.लि.सुनसरी, वराहक्षेत्र त्रिवेणी जल यातायात प्रा.लि.बराहक्षेत्र-१ सुनसरी, खुवालुङ यातायात प्रा.लि. बराहक्षेत्र-१. सुनसरी, महाकाल वाटर सर्भिसेज एण्ड रिसोर्ट प्रा.लि.बराहक्षेत्र-१. सुनसरीलगायतलाई मन्त्रालयले पत्र काटेको हो ।














Discussion about this post