Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ६, २०८०
in समाचार
0
66
SHARES
Share on FacebookShare on Twitter

झापा : कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।

प्रदेश सरकार र सामुदायिक वनको दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरूलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा पहिलो पटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उहाँले बताउनुभयो । जहाँ दुई दर्जन बढी चित्तल छाडिएका छन् ।

उहाँले सामुदायिक वनले पर्‍या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताउनुभयो ।

“नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन”, सिटौलाले भन्नुभयो, “अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।” उहाँले हाल निर्माण गरिएको उद्धार केन्द्र सिमसार पोखरीको उत्तरतर्फ खुला वातावरणमा पशुपन्छीलाई कुद्न र उफ्रन मिल्ने भएको जानकारी दिनुभयो ।

जामुनबाडी सामुदायिक वन वि.सं.२०६५ देखि नै खुला चिडियाखानाका रूपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।

उहाँले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताउनुभयो । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि एक सय प्रवेश शुल्क लिने गरेको छ । सामुदायिक वनको आम्दानीले सो क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उहाँको गुनासो छ ।

उहाँले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको जानकारी दिनुभयो । जामुनखाडीको विशेषता भनेको नै वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र र चिडिया घर भएको उहाँको कथन छ ।

वर्षौँदेखि वनभोजस्थलका रूपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठुला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो ।

यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बालउद्यान केन्द्र र मिनी रेलले पर्यटक आकर्षित गर्दै आएका छन् । उहाँले यहाँ पालिएका र उद्धार गरिएका पशुपन्छीलाई हालसम्म आफ्नै लगानीमा पशुचिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताउनुभयो ।

चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटक कोभिडपछिको समयमा बढ्दै गएको उहाँले बताउनुभयो ।

Tags: #झापा#राससपशुपन्छी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    730 shares
    Share 292 Tweet 183
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.