इटहरी : इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएर विद्यार्थीको स्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले थप दुई दिन बिदा दिने निर्णय गरेको हो ।
माघ ७ र ८ गते बिदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
उनकाअनुसार यसअघि पनि चिसो बढेपछि विद्यालय बिदा गरिएको थियो । उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक विद्यालयको पठनपाठन पूर्ण रूपमा बिदा दिइएको उनले बताए ।














Discussion about this post