Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीलाई सुरक्षा दिन सिसी क्यामराको निगरानी, अपराध अनुसन्धानमा सहयोग बन्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १४, २०८०
in समाचार
0
इटहरीलाई सुरक्षा दिन सिसी क्यामराको निगरानी, अपराध अनुसन्धानमा सहयोग बन्दै
157
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत मङ्सिर १८ गते रातको २ बजेको समयमा इटहरी उपमहानगरपालिका ९ स्थित नविल बैङ्क इटहरी शाखाको एटिएम काउन्टरमा एक युवक प्रवेश गरी त्रिशूलले एटिएम मेसिन फुटाउन थाले ।

पैसा चोरी गर्न एटिएम मेसिन तोडफोड गर्न थालेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोरी प्रयास गर्दा गर्दै पक्राउ गर्न सफल भयो । एटिएम मेसिनबाट पैसा चोरी हुन बाट जोगियो ।

यस्तै, गत कात्तिक २८ गते इटहरी ४ बस्ने मनमाया गुरुङको घरको कम्पाउन्ड भित्र राखिएको साइकल चोरी भयो । उनले प्रहरीमा जानकारी गराइन । प्रहरीले सिसिटिभी फुटेजका आधारमा इटहरी उपमहानगरपालिका वडा न. १० डुमरकटा बस्ने ३९ वर्षका मनोज कार्कीलाई चोरी भएको साइकल सहित पक्राउ गर्न सफल भयो । चोरीमा संलग्न कार्कीलाई कानुनी कारबाही भयो ।

यी दुई घटना इटहरीका प्रतिनिधि घटना मात्र हुन । जो सिसिक्यामराका कारण समाजमा हुने आपराधिक तथा अवाञ्छित कार्यलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न सफल भएका छन् ।

व्यापारिक ट्रान्जिट शहर इटहरी, कोशी प्रदेशकै व्यस्त शहर हो । मानिसहरूको आवतजावतले मात्रै नभएर आर्थिक तथा वित्तीय कारोबार गर्ने मुख्य थलो बनेको छ, इटहरी ।

सुरक्षित शहरमा मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि हुन्छन् । सुरक्षित ठाउँमा नै व्यवसायीक कारोबार गर्न व्यापारी,व्यवसायी,ठुला बैङ्क वित्तीय संस्थाहरू जान्छन् । यस्ता सङ्घ संस्थालाई आकर्षित गर्न र टिकाई राख्न सुरक्षाको प्रत्याभूति दिनै पर्छ ।

शहरको सुरक्षामा संवेदनशील बन्दै इटहरी उपमहानगरले मुख्य दुई पक्षमा जोड दिएको छ । पहिलो, सुरक्षित र शान्त शहर, दोस्रो अपराध न्यूनीकरण र नियन्त्रण । झट्ट सुन्दा प्रहरी प्रशासनको काम लागे पनि त्यसमा स्थानीय सरकारले सहयोगीको भूमिका निर्वाह गरेको इटहरी उपमहानगरले बताएको छ ।

उपमहानगरले शहरलाई सुरक्षित राख्न सिसिक्यामरा जडानलाई तीव्रता दिएको छ । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै इटहरी उपमहानगरपालिकाले सिसिक्यामरा जडान गर्न थालेपछि सुरक्षित महसुस गर्न थालिएको छ ।

यहाँका व्यापारी, व्यवसायी, बैङ्क वित्तीय संस्था, अन्य व्यवसायीक संस्थाहरूले आफ्ना गतिविधि गर्न सुरक्षित महसुस गर्न थालेका छन् ।

सिसिक्यामराबाट मनिटरिङ

अहिले इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थललाई सिसिक्यामराले निरन्तर निगरानी गर्दै सुरक्षा दिई रहेका छन् ।

इटहरीमा हाइवे, मुख्य बजार, चल्तीका व्यस्त बजार,सार्वजनिक स्थल,देखी इटहरी ६ का भित्री सडकहरू सम्म गरी कुल ८० भन्दा बढी सिसी क्यामरा जडान भएका छन् ।

इटहरीको हाइवे दक्षिण पश्चिम ८ वटा, पूर्व उत्तरमा ८ वटा सिसिक्यामराले हाइवेको निगरानी गर्छन् ।

इटहरीका व्यस्त बजारहरू आइतबारे क्षेत्रमा ८ वटा, वि.पी चौक क्षेत्रमा ६ वटा, नेशनल गल्लीमा ८ वटा, बुधबारे हटिया लाइन एरियामा ६ वटा, सदकार्य टोलमा ६ वटा, सङ्गीत चौक,पारुहाङ चौकमा ४,४ वटा क्यामरा जडान गरिएको छ ।

जडान भएका सिसी क्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ ले गर्ने गरेको छ । विभिन्न स्थानमा जडान भएका सिसिक्यामराको डिस्प्ले मोनिटर तथा कन्ट्रोल निश्चित स्थानमा राखिएको छ ।

मुख्य रूपमा इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालयमा मोनिटर कन्ट्रोल रुम राखिएको छ । यी बाहेक अन्य ठाउँका क्यामराको डिस्प्ले मोनिटर नजिकका कुनै सरकारी कार्यालय वा व्यवसायीसँगको सहकार्यमा राखिएको छ ।

डिस्प्ले मोनिटर कन्ट्रोल रुम राखिएको ठाउँमा २४ सै घण्टा बिजुली तथा इन्टरनेटको सुविधा हुने ठाउँमा राखिएको छ । यस्ता कन्ट्रोल रुममा पासवर्ड राखिएको छ । जसको जानकारी इलाका प्रहरी र वडा कार्यालयका प्राविधिकलाई मात्र हुन्छ ।

फुटेजको सुरक्षा र गोपनीयतामा विशेष ध्यान दिएर प्रहरी र वडा कार्यालयलाई मात्रै पासवर्डको अधिकार दिएको छ ।

अपराध नियन्त्रण र अनुसन्धानमा सहयोगी

दैनिक विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको अनुसन्धान गर्न सिसिक्यामराले प्रहरीलाई सहज बनाइदिएको छ ।

बजारमा शान्ति सुरक्षा कायम राख्न देखी लिएर विभिन्न समयमा हुने राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी व्यवस्थापन गर्न पनि सिसिक्यामरा सहयोगी बनेको प्रहरी अधिकारीहरू बताउँछन् ।

इटहरीमा हुने विभिन्न अपराधका घटना देखी लिएर चोरीका घटनाको अनुसन्धान तथा अध्ययन गर्न सिसिटिभी फुटेज ठुलो प्रमाण बन्ने गरेको छ । विशेष गरी चोरीका घटनामा चोरको पहिचान गर्न सिसिटिभी फुटेजले धेरै सहज भएको इटहरी प्रहरीको भनाई छ ।

इटहरीमा चोरीका घटनामा संलग्नको पहिचान गर्ने र पक्राउ गर्न सिसिक्यामराले सहज बनाइदिएको इलाका प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

इटहरी ४ को चोरी र इटहरी ९ को एटिएम मेसिन तोडफोडको घटना दुवै सिसी टिभी फुटेज हेरेर नै दोषीलाई पक्राउ गर्न सफल भएको डिएसपी कार्कीले बताए ।

अन्य प्रकृतिका अपराधमा प्रमाणहरूको खोजीमा सिसिटिभी फुटेज प्रमाणको रूपमा काम गर्ने डिएसपी कार्कीले बताए ।

इटहरीमा थोरै जनशक्तिमा सम्पूर्ण बजारको निगरानी गर्न समस्या हुने गरेको अवस्थामा सिसिटिभी क्यामराले सहयोग पु¥याएको उनको भनाई छ । कार्यालयको कन्ट्रोल रुममा भएका सिसिक्यामरा हेरेर पनि धेरै कुराहरू निगरानी गर्ने गरिएको उनको भनाई छ ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै

सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नको पहिचान तथा कारबाही गर्न इटहरीमा जडान भएका सिसिक्यामराले सहज बनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।

मुख्य गरी सवारी दुर्घटना हुँदा दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालकलाई पक्राउ गर्न सिसिक्यामराले सहयोग पु¥याएको प्रमुख पौडेलले बताए ।

इटहरीको मुख्य चौकमा रहेका सिसिक्यामराले बजार क्षेत्रमा हुने सवारी दुर्घटना तथा अन्य सवारी नियम उलङ्घन गर्नेलाई पक्राउ गरी कारबाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफिक कार्यालयमा रहेका सिसिक्यामरा र लाइटको सिस्टमको कन्ट्रोल रुमबाट इटहरीको मुख्य चौक तथा हाइवे क्षेत्रको प्रत्यक्ष निगरानी भइरहेको हुन्छ ।

हाइवेमा जडान भएका सिसिक्यामराले पूर्वपश्चिम तथा उत्तर दक्षिण क्षेत्रमा हुने सवारी दुर्घटनाको पहिचान गर्न सहयोग पुगेको प्रमुख पौडेले बताए ।

गत मङ्सिर १९ गते राती ११ः५० बजे इटहरी ४ मिलन चौकमा हाइवेमा पूर्वबाट आउँदै गरेको को १ ख ६०३४ नम्बरको ट्रकले बुढिखोलामा चेकजाँच गर्न बसेका प्रहरी हवल्दार कमल प्रसाद शर्मालाई नै ठक्कर दिएर भाग्यो ।

फरार भएको ट्रकलाई सिसिक्यामराको फुटेज हेरेर पक्राउ गर्न ट्राफिक सफल भयो । धनकुटा पख्रिबास ९ बस्ने ३० वर्षका अर्जुन तामाङलाई इटहरी २०बाट प्रहरीले पक्राउ गर्न सफल भयो । उनलाई कानुन बमोजिम कारबाही गरियो ।

केही दिन अघि सिसिटिभी क्यामराको मद्दतले दुर्घटना गराएर फरार भएको सवारी साधनको पहिचान गरी पक्राउ गर्न सफल भएको ट्राफिक कार्यालयले जनाएको छ ।

माघ ५ गते दुहबी ८ मा नम्बर नखुलेको कारले साइकल यात्रीलाई ठक्कर दिएर फरार भयो । घाइतेको उपचारको क्रममा मृत्यु भयो । सिसी टिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले दुर्घटना गराउने सवारी साधानलाई धरानबाट पक्राउ गर्न सफल भयो ।

यी दुई घटना जस्ता थुप्रै सवारी दुर्घटनाका मुद्दामा प्रहरीले सिसिटिभीको मद्दतले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरेको छ ।

पछिल्लो समय सिसिक्यामरा फुटेजकै आधारमा २१ वटा घटनामा अनुसन्धान गरी ट्राफिक प्रहरीले दोषीलाई कारबाही गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यात्रा गर्ने यात्रुको छुटेका सामानहरू सिसिटिभी फुटेज हेरेर ३७ जना यात्रुको सामान फिर्ता दिएको छ ।

यस्तै ३ जना यात्रुको नगद सहितको सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

इटहरीमा ३० क्यामरा निगरानी गर्ने यस कार्यालयले कोसी प्रदेश भरीमा भने कुल ११७ वटा सिसिक्यामरालाई मनिटरिङ गर्ने गरेको छ ।

हराएको सामान खोजी गरिदिन वडा अध्यक्षलाई फोन

इटहरीमा कुनै सामान हराए, वा कुनै ठाउँमा चोरी भए खोजी गरिदिनुप¥यो भन्दै वडा न. ६ का अध्यक्ष दिवस पोख्रेललाई फोन आउँछ । सिसिक्यामरा जडान अभियान चलाएपछि अध्यक्ष पोख्रेललाई विशेष गरी बजार क्षेत्रमा हराएको सामान खोजी गरिदिनुप¥यो भन्दै धेरैले फोन गर्छन् ।

उनी पनि सेवाग्राहीको समस्यालाई बुझेर सम्बन्धित ठाउँको सिसिक्यामरा फुटेज हेरेर हराएको सामान खोजेर हस्तान्तरण गरिदिन्छन् ।

पछिल्लो समय सिसिक्यामरा जडान भएपछि सामान हरायो भन्दै मानिसहरू उनलाई भेट्न वडा कार्यालयसम्मै पुग्छन् ।

सुनसरीको चतरा घर भएकी एक महिलाको करिब ४० हजार बराबरको कस्मेटिक सामान खरिद गरी घर जाने क्रममा म्याजिकमा छुट्यो । ती महिलाले रुदै वडा अध्यक्ष दिवस पोख्रेललाई फोन गरेर घटना सुनाइन ।

खोजी गर्दा नभेटेपछि घरमा गाली गर्छन् भनेर उनी घर नगई रातभर इटहरीमै बसेको बताइन । भोली पल्ट त्यस क्षेत्रलाई कभर गर्ने सिसी क्यामराको फुटेज हेर्दा उनी चढेको म्याजिक देखियो । म्याजिक सञ्चालकसँग कुरा गरेपछि सञ्चालकले सामान ल्याइदिए ।

सामान ल्याइदिए पनि म्याजिक सञ्चालकको नियत साफ देखिएन । हराएको सामान उनले प्रहरीमा बुझाएका थिएनन् । आइन्दा यस्तो गल्ती नगर्ने गरी एक पटकलाई भनेर सम्झाएर छाडिदिएको वडा अध्यक्ष पोख्रेलले बताए ।

यस्तै अर्को घटना सुनाए वडा अध्यक्ष पोख्रेलले । इटहरी आइतबारे घर भएकी एक विद्यार्थी काठमाण्डौँबाट इटहरी ओर्लिएर सिटिरिक्सा चढिन् । उनी घर पुगेको केही समय पछि थाहा भयो, ल्यापटप र डकुमेन्ट भएको ब्याग सिटिरिक्सामै छुटेछ । खोजी गर्दा नभेटेपछि उनी प्रहरीका कहाँ गइन् । तर प्रहरीले जति चासो दिनुपर्ने त्यति दिएन ।

त्यसपछि उनले वडा अध्यक्ष पोख्रेललाई फोन गरिन् र घटना सुनाइन । वडा अध्यक्ष पोख्रेलले विपी चोक बाट सिसिक्यामरा फुटेज फलो गर्दा सिटिरिक्सा सब्जीमण्डीको बाटो हुँदै आइतबारे गएको देखियो ।

सिटिरिक्सा चालकहरूसँग कुरा गर्दै सामान फिर्ता गरिदिन नभए कानुनी कारबाही गर्ने पोख्रेलले बताए । २ घण्टा पछि सिटिरिक्सा चालकले सामान ती विद्यार्थीको घरमै पु¥याइदिए । तर सामान पाएको ती विद्यार्थीले फेरी वडा अध्यक्षलाई जानकारी गराइनन् ।

किन जानकारी नगराएको भन्दा आफूबाट गल्ती भएको उनले स्वीकार गरिन् । पछि सामाजिक सञ्जालमा आफूले हराएको सामान भेटिएको भन्दै सतर्कता अपनाउन उनले पोस्ट गरिन् ।

यी घटना जस्ता थुप्रै फोन अहिले आफूलाई आउने गरेको वडा अध्यक्ष पोख्रेल बताउँछन् । कतिपय घटना सामाजिक सञ्जालमा पनि राखिदिने गरेको उनले सुनाए । मुख्य रूपमा इटहरी बजारमा सबै सिसिक्यामराको निगरानीमा हुनुहुन्छ भन्ने सन्देश दिन पनि यो आवश्यक भएको उनको भनाई छ ।

सिसी क्यामराको निगरानीमा छ भन्ने थाहा भएपछि आपराधिक गतिविधि तथा अवाञ्छित गतिविधि नियन्त्रणमा आउने उनको भनाई छ ।
वडा कार्यालयको पहलमा उनी आफैले सिसिक्यामरा जडान अभियान चलाएको बताउँछन् । हाल सम्म करिब २५ लाख बराबरको सिसिक्यामरा जडान गरिसकेको उनले सुनाए ।

इटहरीका अझै केही व्यस्त सार्वजनिक स्थलमा क्यामरा जडानको योजना रहेको उनले सुनाए ।

व्यवस्थापनको चुनौती

इटहरी बजार सहितका अन्य ठाउँमा राखिएका सिसिक्यामराको दीर्घकालीन व्यवस्थापन भने चुनौतीपूर्ण नै देखिएको । सडकका पोल, सार्वजनिक स्थलमा राखिएका क्यामरा घामपानी लगायत अन्य विविध कारणले बिग्रने सम्भावना हुन्छ । त्यसको नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

यसका लागि नियमित आर्थिक स्रोत नहुँदा समस्या हुने गरेको छ ।

सिसी क्यामरा राखिए पनि त्यसको नियमित मर्मत तथा सम्भार नहुँदा र बिग्रिएको बेला कसले बनाउने भन्ने समस्या हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलले बताउँछन् ।

व्यवसायीक संस्था तथा उपमहानगरले हाइवेमा सिसिक्यामरा जडान गर्ने तर त्यसको मर्मत सम्भारमा ध्यान नदिँदा समस्या हुने गरेको पौडेल बताउँछन् ।

प्रहरी उपरीक्षक पौडेलको जस्तै अनुभव छ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीको पनि । इलाका प्रहरी कार्यालयले मोनिटरिङ गर्ने क्यामरा बिग्रिएको समयमा बनाउन समस्या हुने गरेको डिएसपी कार्की बताउँछन् ।

सिसी क्यामराको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने दुई प्रहरी अधिकारीको सुझाव छ । सिसी क्यामराको दीर्घकालीन व्यवस्थापनका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्नुपर्ने वडा अध्यक्ष पोख्रेल बताउँछन् ।

अल्पकालीन र दीर्घकालीन दुवै ढङ्गबाट आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । वडा न.६ मातहत रहेका क्यामराको मनिटरिङ गर्ने गरी वडा कार्यालयमै कन्ट्रोल रुम बनाउने योजना रहेको उनले सुनाए ।

अब केही समय पछि सबै क्यामराको डिस्प्ले सहितको मनिटरिङ वडा कार्यालयबाट हुने उनको भनाई छ । वडा कार्यालयमा हुँदा सुरक्षा,बिजुली,इन्टरनेट लगायतले सहज हुने भएकाले यसो गर्न लागिएको उनले स्पष्ट पारे ।

 

– ADVT

Tags: #इटहरी उपमहानगरपालिकासिसी क्यामेरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु
विविध

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण देखाउँदै...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले यही असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।...

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.