इटहरी (डेस्क) : झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीको टोलीले मोरङको सुनवर्षी नगरपालिका ६ झपडतल स्थितमा आमबारीबाट डाईनियातर्फ आउदै गरेको प्र १–०२–००३ ह १२१२ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार मोरङको रतुवामाई नगरपालिका १० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसादेवी साहले शरीरको विभिन्न भागमा लुकाईछिपाई लैजादैँ गरेको ४ किलो ९०० ग्राम गाँजासहित अटो चालक ४५ वर्षीय लीलबहादुर कार्की समेतलाई पक्राउ गरेको हो ।
यसैगरी बिहीबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छथर गाउँपालिका ५ का ४६ वर्षीया नर्बदा लिम्बूलाई विराटनगर १५ बाट १.१३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उता, प्रहरी चौकी बेलसोत उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बा ४४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका ३ का २७ वर्षीय करण लिम्बू र १९ वर्षीय विशाल तामाङलाई चेकजाँच गर्ने क्रममा अवैध औषधी स्पास्पेन २५०० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post