Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनकोशीको पानी आठ सय घरलाई उपलब्ध गराउन खानेपानी आयोजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०८०
in समाचार
0
खोटाङ : लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा
91
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ ।

खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो ।

सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिए । “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ”, उनले भने, “आयोजनाको काम सम्पन्न भएपछि बतासेका उपभोक्ता लाभान्वित हुनेछन्, तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नुपर्छ ।”

विसं २०७९ भदौमा सम्झौता गरिएको आयोजना विसं २०८१ भदौ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोशी नदीबाट पम्पमार्फत तानिने पानी लिफ्टिङ गर्दै बतासेमा पुर्याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिए ।

फिल्टर तथा आरबिटी ट्याङ्की, पाइपलाइन, विद्युत्का खम्बा जडान लगायतको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिए ।

“भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्याङ्की र फिल्टरिङ (प्रशोधन) गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ, सुनकोशीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ, साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्याङ्की निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ”, उनले भने, “मुसरीडाँडामा वितरण लाइनको तीन वटासँगै मुख्य लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ, रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ, वितरण लाइनमा छ ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ, चार वटा बनिसके, दुई वटा बाँकी छ, त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।”

लिफ्टिङ लाइनमा ५० हजार लिटर क्षमताका छ ट्याङ्की निर्माण गरिने आयोजना प्रमुख राईले जानकारी दिए । “एउटा बनिसक्यो, एउटा बन्दैछ, बाँकी चार वटा चाँडै सम्पन्न गर्ने तयारीमा छौँ”, उनले भने, “पाँचवटै मुख्य लाइनको ट्याङ्की रहने ठाउँमा सुरक्षागार्ड घर पनि निर्माण गर्नुपर्नेछ, आयोजना सञ्चालनमा आएपछि त्यहाँ रहने सुरक्षागार्डले रेखदेखको काम गर्छन् ।”

सगरमाथा राष्ट्रिय राजमार्गको भण्डारेघाटस्थित सुनकोशीको पानीलाई एक सय ५० एमएमको फलामे पाइपमार्फत लिफ्ट गरेर निकालिने खानेपानी आयोजनाको काममा तीन समूह कामदार खटाइएको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्टिङ लाइनमा बिच्छ्याइने फलामे पाइपको काम सम्पन्न गरेर वितरण लाइनको काम सुरु गरिएको आयोजना प्रमुख राईले जानकारी दिए ।

लिफ्टिङ खानेपानी आयोजनाको पाइपलाइन विस्तारका क्रममा ठेकेदार कम्पनीको लापरबाहीले सडकबीचमै फलामे पाइप बिच्छ्याएको पाइएकाले त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर लालदासले जानकारी दिए ।

“सुनकोशीको पानी लिफ्टिङ गर्न बिच्छ्याइएको फलामे पाइप सडक आसपासमा देखियो, यसले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखियो”, उनले भने, “यो सडक कालोपत्र गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने काम भइरहेको रहेछ, निर्माणाधीन अवस्थामै रहेको पाइपलाइनले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखिएपछि त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको छ, ठेकेदार कम्पनीले त्यो कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।”

मुसुरीडाँडामा कार्यालय रहनेगरी निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले रोजगारसमेत पाउने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए ।

“हाम्रो गाउँपालिकाको वडा नं ४ मा पर्ने बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्छ, यहाँ भएका पानीका मुहान विसं २०७२ मा आएको भूकम्पका कारण सबै सुके, अहिले बतासेका स्थानीय बासिन्दा काकाकुल अवस्थामा छन्”, उनले भने, “खानेपानी अभावमा केही घर स्थानीय बासिन्दा बसाइँ सरेर अन्यत्र जान थालेका छन्, खानेपानीकै अभावका कारण बसाइँ सरेर अन्यत्र जानुपर्ने बाध्यतामा पुगेका स्थानीय बासिन्दालाई रोक्दै गाउँमै केही गर्ने अवसर दिलाउनु स्थानीय सरकारको दायित्व हो, यो हाम्रो गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो आयोजना हो, यो आयोजना सञ्चालनमा आएपछि यहाँका स्थानीय बासिन्दाले रोजगार पाउने छन् ।”

विद्युत्मार्फत सञ्चालन हुने उक्त लिफ्टिङ आयोजनाका लागि खपत हुने विद्युत् महसुलका विषयमा समेत गाउँपालिकाले विकल्प खोज्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए । उपभोक्ता आफैँले विद्युत् महसुल तिर्दा महँगो पर्ने भएकाले त्यसका विषयमा कार्यपालिकाको बैठक बसेर निर्णय गरिने जनाइएको छ ।

खानेपानीको समस्या रहेको बतासेमा सुनकोशीको पानी लिफ्टिङमार्फत घरघरमा आउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । तीन हजार नौ सय ७७ जनसङ्ख्या रहेको बतासेमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि फलफूल तथा तरकारी बाली उत्पादन गर्न सकिने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनासँगै चार लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई र हलेसी तुवाचुङ नगरपालिकामा एउटा लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका नायब सुब्बा अनिल आचार्यले जानकारी दिए ।

Tags: #खोटाङ#राससखानेपानी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो
FEATURE BREAKING

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

by रासस
अशोज १६, २०८३
0

सुनसरी : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा...

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

अशोज १६, २०८३
विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.