Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

काम नगर्ने ठेकेदार कम्पनीलाई कडाइ गर्दै इटहरी उपमहानगर, जसले काम पुरा गरेनन्…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०८०
in टाकुरा विशेष, समाचार
0
काम नगर्ने ठेकेदार कम्पनीलाई कडाइ गर्दै इटहरी उपमहानगर, जसले काम पुरा गरेनन्…
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्दै इटहरी उपमहानगरले स्पष्टीकरण सोधेको छ ।

विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उपमहानगरले ‘किन कालो सूचीमा नराख्ने ?’ भन्दै स्पष्टीकरण सोधेको हो ।

पटकपटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दापनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचारु नगरेको भन्दै इटहरी उपमहानगरले सार्वजनिक रूपमा स्पष्टीकरण सोध्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

माघ १० गते एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्रमा स्पष्टीकरण पेस गर्न इटहरी उपमहानगरले भनेको छ ।
तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने चेतावनी दिएको छ ।

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकमसमेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ठेक्का सम्झौता भइ निर्माण कार्य अधुरा रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गएको भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन उपमहानगरले सूचनामार्फत भनेको थियो । तर त्यो बेलापनि कुनै निर्माण कम्पनीहरू उपमहानगरको सम्पर्कमा गएनन् ।

योजनाहरू अलपत्र छाडेर भाग्ने तथा सम्पर्कबिहीन हुने निर्माण कम्पनीहरूलाई पटकपटक आग्रह गर्दापनि सम्पर्कमा नआएका कारण कारबाहीको प्रक्रिया सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

यी हुन् अलपत्र छाडिएका योजना

दुई वर्षअघि इटहरीको थारु संस्कार संस्कृतिसहित अन्य जातजाति भाषाभाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण सुरु गरियो ।

१६ मङ्सिर २०७८ मा निर्माण सम्झौता भएर काम सुरु भएको यो संग्राहलय २५ असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो । तर, यो संग्राहलयको काम हालसम्म १६.७२ प्रतिशत मात्रै भएको छ ।

संग्राहालय बनाउने ठेक्का प्रेरा गिरी जे.भी हात्तिवनले पाएको थियो । निर्माण कम्पनीले संग्राहलयको बेसको काम र पिल्लर आधा ठ्याएर अलपत्र पारेको छ ।

यस्तै, दुई वर्षअघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण भएर सञ्चालन हुनुपर्ने १५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन । अस्पतालको ६५ प्रतिशत काम भएको छ । तर, बाँकी गर्नुपर्ने ३५ प्रतिशत काम कहिले सकिने भन्ने निश्चित छैन ।

इटहरी अस्पतालको अलपत्र भवन ।

अस्पतालको भवन ३० असार २०७८ मा प्रतिष्ठा गिरी जे.भी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो ।

इटहरी अस्पतालले अहिले पुरानो भवनबाटै सेवा प्रदान गर्दै आएको छ । साँघुरो र जीर्ण भएको भवनबाट नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ । भवनको अभावमा इटहरी अस्पतालले थप सेवा विस्तार गर्न सकेको छैन ।

पर्याप्त ठाउँको अभावमा थप सेवा विस्तार गर्न नसकिएको अस्पतालका मे.सु डा.गुञ्जन त्रितालले बताए । निर्माण हुँदै गरेको भवन चाँडै सकिए अस्पतालले थप सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

यसैगरी स्मार्ट शौचालय निर्माण गर्ने भनेर उपमहानगर गेट पूर्वपट्टी भवन निर्माण सुरु गरिएको थियो । भवन त बन्यो । तर, अझैसम्म सञ्चालनमा आउन सकेको छैन । बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि भवन अलपत्र अवस्थामा छ । त्यो भवनमा अहिले माकुराले जालो लगाएको छ ।

अन्य स्मार्ट शौचालय सञ्चालनमा आएपनि यो स्मार्ट शौचालय अझै सञ्चालनमा आउन सकेको छैन । यो शौचालय निर्माणको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले पाएको थियो । यो कन्स्ट्रक्सन कम्पनी पनि लामो समयदेखि उपमहानगरको सम्पर्कबाहिर छ ।

इटहरी ६ को मुख्य बजार भएर बग्ने टेङ्ग्रा खोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने उपमहानगरको योजना छ । सोही बमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो । तर, यो कामपनि सुरु हुनै सकेको छैन ।

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बीचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म त्यहाँ कालोपत्रे गर्ने तयारी देखिँदैन । यहाँ २४.१५ प्रतिशत मात्रै काम भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरे बताउँछन् ।

यस्ता काम नगर्ने कम्पनीलाई खारेज गरी अन्य काम गर्ने कम्पनीलाई जिम्मा दिनुपर्ने स्थानीय रमेश चौधरीको भनाइ छ ।

यी योजनासहित इटहरीका नगरस्तरीय सडक तथा पुल निर्माणका योजनाहरू अहिले ठेकेदारले कामनगर्दा अलपत्रअवस्थामा छन् ।

नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुलनिर्माण सहितका योजनाअलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटकतागेतागर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए।

यी ठेकेदार, जसले काम पूरा गरेनन्

इटहरीका विभिन्न १४ वटा योजना अन्र्तगत निर्माणको कामलाई अलपत्र पार्ने ६ कम्पनी छन् ।

त्यसमध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण ठेक्का पाएको थियो । तर, सबै काम आधामात्रै भएका छन् ।

इटहरी १४, हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ को लविपुर–मझौरा कालोपत्रे सडक योजना, इटहरी १८, जातपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सनवाल निर्माण योजना, इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८ को सतनमार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले ठेक्काको लिएको छ । तर, कुनै काम पूरा गरेको छैन ।

यसैगरी इटहरी १० को बहुजातीय संग्राहलय प्रेरा गिरी जे.भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भीकम्पनीका ठेकेदार पनि गिरी कन्स्ट्रक्सनका ठेकेदार एकै हुन् ।

ठेकेदार एकै तर कम्पनी फरक पारेर ठेक्का लिएका हुन् । यसरी एउटै ठेकेदारले विभिन्न ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । यी सबै कम्पनीका ठेकेदार कुमार गिरी हुन् ।

उनी इटहरीबासी नै रहेको उपमहानगरले जनाएको छ ।

ठेकेदार गिरीले समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले भने, ‘निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ । मैले यही कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको छु ।’

यस्तै अन्य योजना अलपत्र पार्ने अर्को कम्पनी सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि हो । यो कम्पनीले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६ को हक्राहा खोलाको बक्स पुल निर्माणको काम बीचमै छाडेर सम्पर्कबिहीन भएको छ ।

भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धनपुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्राखोला कोरिडोरमा रिटर्नीङ वाललगाउने काम हुन सकेको छैन ।

खनार प्रहरी चौकी–भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन र घोइन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेका छन् ।

इटहरीमा निर्माण सुरु गरेर अलपत्र छाडिएको आदिवासी संग्रहालय ।

यस्तै, इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने ठेक्का पाएको भैरव नारायणम जे.भी नेपालगन्जले काम गर्न सकेको छैन ।

एकभन्दा बढी ठेक्का लिने तर काम नगर्ने कम्पनीहरूलाई कारबाही गरिने इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेल बताउँछन् ।

कानुनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कारबाही गर्ने उनले बताए ।

कानुनको छिद्र प्रयोग गर्दै एकभन्दा धेरै ठेक्का लिने, योजना बिट गर्दा कम रेटमा बिट गर्ने, कामै नगरी बीचमै छाडेर अलपत्र पार्ने, ढिलो काम गर्दै अल्झाएर म्याद मात्रै थप गर्न लगाउने ठेकेदारहरूको नियत नै ठिक नदेखिने उनको भनाइ छ ।

गलत ढङ्गबाट काम गर्ने कम्पनीहरूलाई कारबाही गर्ने उपमहानगरले चेतावनी दिएको छ ।

 

– ADVT

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेषठेकेदार कम्पनी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.