ओखलढुङ्गा : ओखलढुङ्गामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका ६, भदौरे मुगाछापका ६६ वर्षीय एकबहादुर थापा मगरको मृत्यु भएको हो ।
सिद्धिचरण नगरपालिका २ चुहान छाप हुँदै चिशङ्खुगढी गाउँपालिका ६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्नेक्रममा प्रदेश ०३–०१–००३ क ७३५६ नम्बरको स्काभेटरको ठक्करबाट थापा मगर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post