Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता माविमा नौ कोठाको साइन्स ल्याब

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०८०
in समाचार
0
जनता माविमा नौ कोठाको साइन्स ल्याब
91
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रूपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माविले नौ कोठाको साइन्स ल्याब बनाएको छ ।

पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पूर्वाधार निर्माण गरिरहेको छ । सोही क्रममा इटहरी ९ मा ९ कोठाको ल्याब निर्माण गरेको हो ।

यससँगै ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरू कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् ।

विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ ।

यससँगै यो वर्षदेखि इटहरी वडा नं. ९ मा रहेको आफ्नो ग्राउण्डलाई विद्यालय माताहत ल्याएको छ । वरपर प्रयोगविहिन भएको आफ्नो जग्गालाई पनि कम्पाउण्डभित्र ल्याइ स्तरोन्नतीको काम अघि बढाइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

विद्यार्थीको संख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउण्डभित्र समेट्नुपरेको बताए । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पुर्वाधारहरु निर्माण गर्ने काम पनि भइरहेको छ ।

साथै विद्यालयले नयाँ भर्नाको लागिसमेत तयारी गरेको छ । यस वर्ष ३०० जना भर्ना लिने तयारी गरिएको उनले बताए ।

विद्यालयले पछिल्लो पाँच वर्षमा काँचुली फेरेको छ । काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरीमै आकर्षणको केन्द्र बनेको छ । विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् ।

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा वेवास्ताको शिकार बनेको थियो । विद्यार्थी संख्या घट्दै गएको र विद्यालयको साखः घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरु हुन थालेका हुन् ।

विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टाछुट्टै दुइ वटा ब्लकहरू छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी आबद्ध छन् ।

हरेक कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएको छ ।

शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रिन्सिपल पशुपति सिग्देल बताउँछन् । कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नुले बढेको छ ।

विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिए ।

दंगालका अनुसार विद्यालयका शिक्षकहरू, व्यवस्थापन समितिका बाँकी सदस्यहरू, अविभावकहरू र स्थानीय राजनीतिक दलका नेतृत्वहरू सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको बताए ।

Tags: जनता माविशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.