Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मस्तिष्क घातका बिरामीको उपचारमा आर्थिक अभाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८०
in समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

झापा : मस्तिष्क घात भएका मेचीनगर नगरपालिका-१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।

वैदेशिक रोजगारीमै रहँदा उच्च रक्तचापको बिरामी भएपछि घर फर्किनुभएका उहाँलाई गत कात्तिक १ गते मस्तिष्क घात (ब्रेन हेमराज) भएको थियो ।

विर्तामोडको बीएन्डसी हस्पिटलमा शल्यक्रियापश्चात् उहाँलाई ३९ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । शल्यक्रियाका क्रममा उहाँको टाउका पछाडिको खोपडीको एउटा भाग अस्पतालमै राखिएको आमा दिलमाया थापा मगरले बताउनुभयो ।

“डाक्टरले तीन महिनापछि खोपडी लगाउन आउनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “खोपडी लगाउन फेरि धेरै पैसा लाग्छ, हामीसँग त केही पनि छैन ।”

अस्पतालले तीन महिनाभित्र आउनु भने पनि आर्थिक जोहो नभएका कारण सञ्जोगलाई लैजान नसकिएको उहाँको उपचारमा जनस्तरबाट आर्थिक सहयोग जुटाइरहेका छिमेकी ऋषिराज भट्टराईले बताउनुभयो । अस्पतालले खोपडी जोड्न दिएको म्याद एक महिना नाघिसकेको हुँदा चिन्ता थपिएको उहाँले बताउनुभयो ।

“पहिले पनि शल्यक्रिया र अरू उपचार गराउन चन्दा उठाएका थियौँ”, भट्टराईले भन्नुभयो, “अहिले लगभग तीन लाख सहयोग जुटाउन सके खोपडी जोडिदिन सकिन्थ्यो तर आर्थिक सहयोग जुट्न सकिरहेको छैन ।” सञ्जोग मलेसियामा रोजगारी गरेर गत वर्ष घर फर्किनुभएको हो ।

घर चलाउनै आर्थिक सङ्कट परेपछि उहाँकी पत्नी लक्ष्मी थापा मगर छ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई जानुभएको छ । उहाँहरूको छोरी नौ वर्ष र छोरा सात वर्षका दुई नाबालक सन्तान छन् ।

सञ्जोगका बुबा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । आमा दिलमाया पनि बिरामी हुनुहुन्छ । घरका सबै बिरामी अवस्थामा र कमाउने एक जना विदेशमा भएको हुँदा परिवारका तर्फबाट उपचार खर्च जुटाउन सम्भव छैन ।

सञ्जोगका भिनाजु थमबहादुर तामाङले सञ्जोगको शल्यक्रिया, आइसियु र औषधि उपचार गरेर विगतमा १२ लाखको बिल उठेको बताउनुभयो । चन्दा सङ्कलन गरेर चार लाख बुझाएपछि अस्पतालले आठ लाख मिनाहा गरिदिएको उहाँले जानकारी दिनुभयो । अस्पतालबाट डिस्चार्ज भएर आएका सञ्जोग हाल घरमै औषधि खाएर स्वास्थ्य लाभ गरिरहनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको छ ।

मस्तिष्कघातका कारण पक्षाघातको अवस्थामा पुगेका शरीरका अङ्गहरू पुरानै अवस्थामा चलायमान बनाउन घरमै बाँसका खुट्टी गाडेर हिड्डुल गराउने घरेलु थेरापी सुविधा मिलाइएको छ । आर्थिक सहयोगका लागि विदेशमा रहेका नेपालीसँग पनि सामाजिक सञ्जालबाट आर्थिक सहयोगको आह्वान गरिएको भट्टराईले बताउनुभयो ।

दुबईमा रहेकी सञ्जोगकी पत्नी लक्ष्मीले महिनैपिच्छे औषधि किन्न लाग्ने १५ हजार रकम पठाइरहनुभएको छ भने खोपडी जोड्न थप ५० हजार पठाउने तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

यसैबिच, दमकस्थित दातृ संस्था क्यारिटास नेपालले सञ्जोगको टाउकाको खोपडी जोड्नका लागि ७५ हजार सहयोग गरेको छ । क्यारिटास नेपालका कोशी प्रदेश प्रमुख देवेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालय अधिकारीले शुक्रबार सञ्जोगलाई घरमै गएर उक्त नगद सहयोग हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शल्यक्रिया गर्नका लागि समेत यसअघि ५० हजार सहयोग पुर्‍याएको थियो ।

“वैदेशिक रोजगारीबाट बिरामी भएर फर्केकाहरूको उपचारमा सहयोग पुर्‍याउँदै आएका छौँ”, क्यारिटास नेपालका कोशी प्रमुख पोखरेलले भन्नुभयो, “सञ्जोगको आर्थिक अवस्था ज्यादै कमजोर रहेछ, पैसा नभएरै टाउकाको खोपडी जोड्न उहाँ जान सकिरहनुभएको छैन भन्ने थाहा पाएपछि हामीले पुनः सहयोग दिएका हौँ ।”

बीएन्डसी हस्पिटलका वरिष्ठ चिकित्सक प्रा।डा।उमेश शर्माले टाउकाको शल्यक्रियापछि अवस्थाअनुसार उपचारकै क्रममा मस्तिष्कको ढकनी झिक्ने र पछि लगाउनुपर्ने हुनसक्ने बताउनुभयो । यसलाई चिकित्सा भाषामा ‘क्रेमियोप्लास्टी’ भनिने उहाँले जानकारी दिनुभयो ।

सञ्जोगको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी मेचीनगर नगरपालिकाले हालै अपाङ्गता परिचयपत्र दिएको छ भने एउटा ह्विलचियरसमेत दाताबाट उपलब्ध गराइएको छिमेकी भट्टराईले बताउनुभयो ।

Tags: #झापा#राससआर्थिक अभावउपचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    730 shares
    Share 292 Tweet 183
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.