Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खाँदबारी–नुम सडक : दुई वर्षमा २८ प्रतिशत काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८०
in समाचार
0
खाँदबारी–नुम सडक : दुई वर्षमा २८ प्रतिशत काम
64
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन ।

खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

उनान्चालीस किलोमिटर कालोपत्रका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो ।

तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल–थामसेर्कुेसम्म ३६ प्रतिशत, दोस्रो थामसेर्कुे–कप्तानेसम्मको २२ प्रतिशत र  तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।

रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ ।

ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने प्राबधान रहेको जनाइएको छ ।

सम्झौताअनुसार वित्तीय प्रगति नगरेको जनाउँदै उत्तर–दक्षिण कोशी सडक आयोजनाले दिनको रु दुई लाख ५५ हजार जरिवाना समेत सो निर्माण कम्पनीलाई  तिराएको छ ।

समयसीमाअनुसार काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग आयोजनाले करिब रु ७० लाख जरिवाना तिराएको सूचना अधिकारी जिरेलले बताउनुभयो । खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ ।

उत्तर–दक्षिण कोशी योजनाले ट्रयाक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।

निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ ।

Tags: #रासससङ्खुवासभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
FEATURE BREAKING

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ। मौसम...

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’
FEATURE BREAKING

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध...

भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

मोरङमा करेन्ट लागेर एक महिलाको निधन

बैशाख २१, २०८३
पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३
भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1549 shares
    Share 620 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    620 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.