Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ५, २०८०
in खेलकुद, समाचार
0
आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय
85
SHARES
Share on FacebookShare on Twitter

बेलबारी : बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य (विपीन) स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिन्छन् ।

भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै बेलबारी–३ स्थित क्रिकेट एकेडेमी निर्माणमा जुटिरहेका छन् ।

पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकाका साथै युवाको आकर्षण बढ्दो पाइएपछि बेलबारी क्रिकेट क्लबले बेलबारी इन्डोर क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (विपिन) ले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब २५ किमी टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।

पर्याप्त आर्थिक अभावकाबीच बेलबारीमा एकेडेमी सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले बताए । यहाँस्थित भगवती माध्यमिक विद्यालयको पाँच कट्ठा जमिन भाडामा लिएर एकेडेमी निर्माण थालिएको उनले जानकारी दिए ।

स्थानीयस्तरमा क्रिकेटप्रेमीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै भविश्यमा आवाससहितको एकेडेमी सञ्चालनको लक्ष्य रहेको अध्यक्ष आचार्यले बताए । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकीरहेको अवस्थामा स्थानीय स्रोतसाधनबाट मात्र एकेडेमी सञ्चालन गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

जिल्लाभर जम्मा ६ वटा क्रिकेट एकेडेमी रहेका छन् । सोमध्ये चार सदरमुकाम विराटनगरमा रहेका जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महोमद साद (बाबु)ले बताए । उनका अनुसार महानगर बाहिर कटाहरी गाउँपालिका र बेलबारी नगरपालिकामा मात्र एकेडेमी छन् ।

सङ्घको आयोजनामा विराटनगरको वैजनाथपुरस्थित स्व. गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा यही फागुन २२ गतेदेखि राष्ट्रिय टि–२० क्रिकेट पुरुष प्रतियोगिता हुने अध्यक्ष सादले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा सातवटै प्रदेशका एक÷एक, तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

जिल्लाबाट हाल राष्ट्रिय टिममा ललितनारायण राजवंशी र अण्डर–१९ को उपकप्तानमा दिपेश कणेल सहभागी रहेका छन् । त्यसैगरी पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी र राजकुमार प्रधान पनि मोरङबाटै रहेका छन् ।

Tags: #खेलकुद#राससक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.