Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्वस्थानी व्रतका कारण दन्तकाली मन्दिरमा भीड बढ्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०८०
in समाचार
0
स्वस्थानी व्रतका कारण दन्तकाली मन्दिरमा भीड बढ्यो
75
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिक स्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी व्रतका कारण मन्दिरमा भीड बढेको हो ।

पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथामा दन्तकालीको कथा उल्लेख छ । मन्दिरका मूल पुजारी विश्वराज खनाल स्वस्थानीको समयमा व्रत लिने र नलिने पनि मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘‘स्वस्थानी सुरु भएपछि बिहानैदेखि मन्दिर आउनेको सङ्ख्या बढेको छ । अब अन्तिम अन्तिम समयमा झनै भीडभाड हुन्छ ।’’

स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राणत्याग गरेपछि शोकमा पर्नु भएका महादेव सतीदेवीको मृत शरीर आफ्नो काँधमा बोकेर भौँतारिदै हिँड्ने क्रममा सतीदेवीको शरीरका अङ्ग खसेका ठाउँमा शक्तिपीठ स्थापना भए । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख छ ।

यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वकालदेखि पूजा गर्न थालिएको धार्मिक इतिहास पाइन्छ । स्वस्थानी व्रतकथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको छ ।

यो शक्तिपीठको कथा सुनेका र महत्व बुझेकाहरु टाढा-टाढादेखि दर्शनका लागि यहाँसम्म आउने गरेको पुजारी खनाल बताउनुहुन्छ । मन्दिरमा आठ जना पुजारी छन् । पुजारी कमल भट्टराईका अनुसार मन्दिरमा दर्शन गर्न सामान्यतः दैनिक दुई सय हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।

तर शनिबार भने चारदेखि सात सयसम्म आउने गरेको उहाँको भनाइ छ । दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चार वटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवतं पूजा अर्चना गरिन्छ । त्यसमध्ये पनि विजयादशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ ।

घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पूजा गर्नेहरुको विशेष भीड हुन्छ । दर्शनार्थीहरु यो बेला दन्तकालीमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दुःख हट्ने, शत्रु नाश हुने जस्ता विश्वास छ ।

यस मन्दिरमा बोका र राँगाको बलि दिनुको साथै फूल अक्षता, धूप बत्तीले पूजा गर्ने गरिन्छ । धरान उपमहानगरपालिका-१६ बाट विजयपुर घुम्न आउनुभएका डिल्लीप्रसाद लुइँटेल आफू दैनिकजसो दन्तकालीको दर्शन गर्न विजयपुर आउने गरेको बताउनुहुन्छ ।

मन्दिरमा दर्शन गर्दै भेटिनुभएका धरानकै कृष्ण भट्टराईको पनि दन्तकालीप्रति अगाध आस्था र विश्वास छ । आफूले मागेका र चिताएका कुराहरु पूरा हुँदै आएकाले आफू फुर्सद हुँदा मन्दिर आउने गरेको उहाँको भनाइ छ ।

दन्तकाली मन्दिर कहिले स्थापना भयो, कहिलेबाट पूजा गर्न थालियो भन्ने तिथिमिति त पाइँदैन तर स्वस्थानी व्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यो निक्कै पुरानो मन्दिर भएकोमा दुईमत छैन ।

पुराणमा समेत उल्लेख भएकाले यसलाई पौराणिक धार्मिक स्थलका रुपमा चिनिन्छ । दन्तकाली शक्तिपीठको चर्चा शिवपुराण र रुद्राक्षारण्य माहात्म्यमा पनि रहेको पाइन्छ । इतिहासमा विजयपुरमा कुनै बेला सेनवंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरुले पनि दन्तकालीलाई शक्तिपीठका रुपमा दर्शन गर्ने र मन्दिरमा घन्टा, त्रिशूल चढाउने गरेको पाइन्छ ।

यस मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । यहाँका खनालहरुसँग १८६८ सालमा राजा गीर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर  छन् । हाल दन्तकालीका मूल पुजारी विश्वराज खनाल आफू आठौँ पुस्ताको पुजारी भएको बताउनुहुन्छ । उहाँका अनुसार दन्तकाली मन्दिरका पुजारीका रुपमा खनालहरु १५०२ सालतिर आएका थिए ।

अहिले यहाँ तिनै खनालका सन्तानका दशौँ पुस्ता भइसकेका छन् । दन्तकाली मन्दिर नजिकबाट धरान बजारको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसैले पनि धरान घुम्न आउने पर्यटकहरु विजयपुर उक्लिएर दन्तकालीको दर्शन गर्दै रमणीय स्थलहरुको अवलोकन गर्ने गरेका छन् । धरानको शिरका रुपमा रहेको विजयपुर धार्मिक तथा ऐतिहासिक स्थलकै रुपमा परिचित छ ।

दन्तकाली, बूढासुब्बा, पिण्डेश्वरलगायतका मन्दिरहरु रहेको विजयपुरलाई धरान उपमहानगरपालिकाले पनि धार्मिक स्थलका रुपमा विकास गर्ने नीति लिएको छ ।

विजयपुर क्षेत्रमा धार्मिक पर्यटक आउने भएकाले यसलाई अझै व्यवस्थित बनाएर विकास गर्न सकिने धरान उपमहानगरपालिका-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिरहरु प्रशस्त रहेकाले यसको एकीकृतरुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।”

Tags: #धरान#राससदन्तकाली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.