इटहरी : इटहरी ५ मा रहेको सिद्धार्थ युवा क्लबले एक दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबले उद्घोषण तथा माइन्युट लेखनको तालिमको आयोजना गरेको हो ।
कार्यक्रम संयोजक सोमबहादुर लिम्बूकाअनुसार युवा वर्गलाई उद्घोषण तथा माइन्युट लेखनमा अभ्यस्त बनाउनका निम्ति उक्त तालिमको आयोजना गरिएको हो ।
इटहरीका विभिन्न वडा र रामधुनी नगरपालिकाका युवायुवतीहरूसहित ४० जना सहभागी रहेको उनले बताए ।
सहभागीहरूलाई मिलन कार्कीले प्रशिक्षण दिएका थिए । उनले बोल्ने कलाबारे जानकारी गराउँदै माइन्युट लेखनका निम्ति पनि सहजीकरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरेले अभ्यास गरेमात्रै सिक्ने बताए ।
उनले उद्घोषण गर्नका निम्ति सबैभन्दा पहिला पुस्तक पढ्नुपर्ने बताए । बोल्नका निम्ति पूर्व तयारी गर्दा व्यवस्थित तरिकाले बोल्न सकिने उनको भनाइ थियो ।














Discussion about this post