Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १४, २०८०
in समाचार
0
अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान
70
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् ।

यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् ।

मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो ।

किसानलाई विषदीरहित अर्गानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाको  वडा नं १, ३, ४ र वडा नं ६ मा  अर्गानिक खेती विस्तार थालिएको छ ।

अर्गानिक खेती विस्तारको लागि पाँच वटा नमूना कृषि सिकाइ केन्द्र निर्माण गरिएको छ ।

सिकाइ केन्द्रमा वडा नं. १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बाली लगाएर किसानलाई अर्गानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतीमान लिम्बूले जानकारी दिनुभयो । सिकाइ केन्द्रमा नमूना तरकारी खेती भइरहेको उहाँको भनाइ छ ।

“किसानलाई अर्गानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य किसानलाई अर्गानिक उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु हो । यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसान अर्गानिक खेती प्रणालीमा जोडिएको अवस्था छ ।”

जलवायु अनुकूलनका प्रविधि सिकाएर अर्गानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उहाँको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत हरित गृह ९ग्रिनहाउस० निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाइमा आबद्ध गराइएको उहाँको भनाइ छ ।

विगतका वर्षबाट वडा नं २ खेनामा नेपाल जलवायु नमूना गाउँ घोषणा गरेर आवश्यक काम भइरहेको छ । यो गाउँमा भइरहेको कामलाई निरन्तरता दिँदै अन्य वडामा पनि विस्तार थालिएको हो ।

यो कार्यक्रम कोशी प्रदेशमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भइरहेको जनाइएको छ । जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षणसम्बन्धी कार्य गर्नको लागि यो वर्ष रु एक करोड ५० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ ।

यो बजेटबाट जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदलमार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमासमेत काम भइरहेको छ ।

बर्सेनि खतीयोग्य जमिन बाँझिदै गइरहेकाले बाँझो जमिनको सदुपयोग गर्दै किसानलाई अर्गानिक र व्यावसायिक खेती प्रविधिमा जोड्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

यो कार्यक्रम लागू भएपछि धेरै किसान व्यावसायिक अर्गानिक कृषि उत्पादनमा जुटेको अध्यक्ष राईको भनाइ छ  । उत्पादित वस्तुको बजारीकरणमा किसानलाई आवश्यक सहयोग गर्दै उत्पादनको आधारमा प्रोत्साहन गर्ने उहाँको भनाइ छ ।

“बर्सेनि खेतीयोग्य जमिन बाँझिँदै भएको अवस्था छ”, अध्यक्ष राईले भन्नुभयो, “हामी आयातित विषदीयुक्त खानेकुरामा रमाएका छौँ । अहिले हामी अर्गानिक कृषि उत्पादनमा  जुटेका छौँ । धेरै किसानले अर्गानिक उत्पादन गरिरहेको अवस्था छ । हामीले बाँझो जमिनको उपयोग गर्दै अर्गानिक उत्पादनमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ ।”

किसानलाई विषादीरहित कृषि उत्पादनमा जोड्दै स्थानीयस्तरका सहकारीसँग सहकार्य गरेर व्यावसायिक खेतीमा जोड दिएको वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडामा नमूना सिकाइ कार्यक्रम सञ्चालन भइरहेकाले किसानलाई थप सहजता भएको उहाँको भनाइ छ । कृषकलाई लक्षित गरेर वडाले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त अर्गानिक उत्पादनमा ध्यान दिएको उहाँले बताउनुभयो ।

“किसानलाई व्यावसायिक र अर्गानिक खेती प्रणालीमा लाग्न आवश्यक सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मुख्यरुपमा यहाँका बाँझो जमिनलाई प्रयोगमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । अहिले धेरै किसान व्यावसायिक कृषिमा जुटेको अवस्था छ ।”

नेपाल जलवायु नमूना कार्यक्रमको सहयोगमा १५ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा अर्गानिक तरकारी खेती गरिरहेको स्थानीयवासी गणेश श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनले थप हौसला मिलेको उहाँको भनाइ छ ।

विगतबाट गाउँपालिकामा चलिरहेको  कृषि सिकाइ केन्द्र निर्माण, गोठ सुधार, माटो र सिमेन्टको पोखरी निर्माणलगायतका कामलाई निरन्तरता दिँदै कार्यक्रम आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनन्त राईले बताउनुभयो ।

हाल रहेका पाँच वटा सिकाइ केन्द्रलाई आगामी वर्ष तीन वटा थप गरेर आठ वटा बनाउने, कम्पोष्ट मल उत्पादनको लागि १५ वटा गोठ सुधारका कार्यक्रम थप सञ्चालन गर्ने, किसानको खेर गइरहेको पानीलाई सञ्चित गर्दै तरकारी खेतीमा जोड्न १६ वटा माटो र सिमेन्टको पोखरी निर्माण गरिएको उहाँको भनाइ छ । आगामी वर्ष थप छ वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

स्याउला तथा गाई गोरुको मलमूत्र तथा गड्यौलाबाट कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारीसँगै अन्य अन्नबाली लगाउनको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कामको थालनी गरेको छ ।

यहाँ उत्पादन हुने विभिन्न खालका बालीको व्यवस्थापनको लागि मिश्रित बाली, घुम्ती बाली र प्लाष्टिक टनेलमा तरकारी खेती, बालीको जातीय परीक्षण गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्नेलगायत कामलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाकाले जनाएको छ ।

रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्गानिक कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिकाको भनाइ छ ।

Tags: #कृषि#भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.