Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ११ गतेसम्म सञ्चालन गर्ने अनुमति लिएको ‘महोत्सव’ अझै सकिएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०८०
in समाचार
0
इटहरीमा ११ गतेसम्म सञ्चालन गर्ने अनुमति लिएको ‘महोत्सव’ अझै सकिएन
186
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ११ गतेसम्म सञ्चालन गर्ने अनुमति लिएको महोत्सव अझै जारी छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले आयोजना गरेको दोस्रो खाना तथा पर्यटन महोत्सव फागुन १ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्ने अनुमति लिएपनि अझै सकिएको छैन । महोत्सवको समय थप गरिएको आयोजकको दाबी छ ।

‘दोस्रो परम्परागत खाना महोत्सव’को नाममा आयोजना भएको महोत्सवमा साँझको समयमा कलाकारहरूका प्रस्तुति मात्रै देखिन्छन् । खाना महोत्सवमा कलाकार हेर्नका लागि मात्रै भीड हुनेको संख्या उस्तै छ ।

आयोजक समतिका अध्यक्ष तेजबहादुर पुरीका अनुसार महोत्सवको मिति बिहीबार (१७) गतेसम्म थप गरिएको हो । थप गर्नुको उदेश्य के हो भन्ने प्रश्नमा पुरीले टाकुरा न्यूजसँग भने, ‘व्यापारलाई चलायमान बनाउन हो । हामीकहाँ बिहार र सिक्किमबाट पनि मान्छेहरू आउने क्रम जारी छ ।’

उनले महोत्सवको समय थपिएकोमा खेलकुद समितिले थप गरेको बताए । उनले भने, ‘म पनि बाहिर गएको थिएँ । अनुरोध जीहरूले थप्नुभयो होला । पछिल्लोपटक खेलकुदका साथीहरूले थप्नुभएको हो ।’

पुरीले इटहरीको व्यापारलाई चलायमान बनाउनका निम्ति उक्त महोत्सव आयोजना गरिएको र यो महोत्सवले व्यापार चलायमान भएको बताए ।

तर, पुरीले भनेजस्तो इटहरीको व्यापार भने चलायमान भएको पाइँदैन । सीमित होटल सञ्चालकहरूलाई केही हदसम्म फाइदा भएपनि समग्रमा यो महोत्सवले स्थानीयबासीलाई भने असर गरिरहेको स्वयम् स्थानीयहरू बताउँछन् ।

खाना महोत्सवका नाममा कलाकार ल्याएर पैसा कमाउने ‘धन्दा’ मात्रै भइरहेको स्थानीयबासीको आरोप छ ।

‘कलाकार ल्याउनुको उदेश्य के हो ? कलाकार अनुसारको टिकट दर तोकेर पैसा लिइएको छ । रातभर साउण्ड सिस्टमले सुत्न पाइदैँन,’ एक स्थानीयले भने ।

उक्त महोत्सवको संरक्षक रहेको छ, इटहरी उपमहानगरपालिका । यस्तै, सहयोगी रहेको छ, कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय ।

आयोजक समितिका अध्यक्ष पुरीले यसअघि महोत्सवका लागि इटहरी उपमहानगरपालिका, पर्यटन बोर्ड र कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले सहयोग गर्ने बचन दिएको बताएपनि सहयोग नलिएको बताए ।

आयोजकले परम्परागत खाना महोत्सव भनेर दाबी गरेपनि सहर, बजारमा ‘आज फलानो कलाकार आउने’ भनेर मात्रै प्रचार गरिदैँ आएको स्थानीयबासी बताउँछन् ।

‘आज यो किसिमको खाना उपलब्ध हुन्छ भनेर माइकिङ गरिनुपर्ने भएपनि, आज फलानो कलाकार आउँदै भनेर प्रचार गरेको पाइन्छ,’ एक प्रत्यक्षदर्शी भन्छन्, ‘यसले खानालाई प्रोत्साहन होइन, कलाकार आउने विज्ञापन मात्रै गरेको पाइन्छ ।’

उक्त कमिटिले अघिल्लो वर्षको चैतमा पनि सोही किसिमको कार्यक्रम आयोजना गरेको थियो । तर, अघिल्लो वर्षको खर्च विवरण हालसम्म सार्वजनिक भने गरेको छैन ।

प्रायजसोः सार्वजनिक कार्यक्रमहरू मेला, फेस्टिबल, पर्यटन, सांस्कृतिक महोत्सवजस्ता कार्यक्रमले समाजमा कुनै न कुनै सन्देश दिनुपर्ने हो । कुनैपनि कार्यक्रमको निश्चित उदेश्य हुन्छ । तर, कार्यक्रमहरूको मूल मर्म के हो भन्ने न समाजले बुझ्न चाहेको छ, न आयोजकले नै बुझाउन चाहन्छन् ।

‘कन्सर्ट’का नाममा सरकारी बजेट दिन कानुनी बैधता नभएका कारण महोत्सव तथा फेस्टिबलजस्ता नाममा सरकारले बजेट उपलब्ध गराउँदै आएको छ । बर्सेनि त्यही व्यक्ति आयोजक, त्यही व्यक्ति प्रमुख अतिथि र त्यस्तै किसिमका सीमित दर्शकको सहभागितामा हुने यस्ता महोत्सवले सरकारी बजेट ‘पचाउने धन्दा’ मात्रै भएको विज्ञहरू बताउँछन् । कतिपयले त सरकारी बजेट आफ्नो पकेटमा पार्नकै लागि मात्रै भएपनि यो किसिमको ‘धन्दा’ बर्सेनि गर्दै आएको विज्ञहरूको तर्क छ ।

विश्लेषकसमेत रहेका डा. रामजी तिम्सिना भन्छन्, ‘अहिले भइरहेका मेला, महोत्सव भनेको सत्तामा हुनेहरूले आफ्ना कार्यकर्तालाई पैसा दिने मेलो मात्रै हो ।’

जुन उदेश्यले मेला, महोत्सव तथा फेस्टिबल आयोजना गरिनुपर्ने हो, त्यसो नभइरहेको उनको तर्क छ ।

‘वडा कार्यालयदेखि पालिकासम्मले आफ्ना कार्यकर्तालाई विभिन्न बहानामा पैसा दिने चाहना देखिन्छ । आफ्ना कार्यकर्ताको पक्षपोषण गरेको देखिन्छ,’ तिम्सिनाले भने, ‘अहिलेका यस्ता कार्यक्रम भनेको जम्माजम्मी पैसा कमाउने मेलो मात्रै भएको छ । रमाइलो गर्ने, आर्थिक उपार्जन गर्ने त छदैँछ, अर्कोतर्फ संघ, संस्थाले हिसाब पनि सार्वजनिक गर्दैनन् । नाजायज तरिकाले पैसा कमाउने माध्यम बनेको छ ।’

मेला, महोत्सवले समाजमा खुल्लापन भएपनि एकप्रकारको छाडापनका कारण विकृति बढाएको उनको बुझाइ छ । विशेष खालका गायक, गायिका नल्याइनक मेला महोत्सव नचल्नु भनेको नकारात्मकता हाबी भएको तिम्सिनाको तर्क छ ।

‘मेलादेखि पुराणसम्मले बच्चा, वृद्ध र बिरामीका लागि टाउको दुखाइको विषय भएको छ । नगर् भनौँ भने हाम्रो संस्कृति भन्छन्, हरेक दिनजसो समाजलाई यी र यस्तै खाले काम, क्रियाकलापले डिस्र्टब हुन्छ,’ उनी भन्छन्, ‘कति ले त धर्म कमाउने नाममा पाप गरेका छन् जस्तो लाग्छ । कतिले संस्कृतिको नाममा विकृति मच्चाइरहेका छन् ।’

विद्यालय नजिकै ठूलो आवाजमा गुञ्जने पुराणहरूले पनि शैक्षिक गतिविधिमा समस्या हुने उनी बताउँछन् । महोत्सवहरू आयोजना गर्नु भनेको एकले अर्काको पहिँचो तिरेजस्तो मात्रै देखिने डा. तिम्सिनाको तर्क छ ।

‘महोत्सव गर्नु भनेको मान्छेहरुबीच सामाजिक सद्भाव बढाउने, मानवीय समाजको निर्माण गर्ने र आर्थिक गतिविधि बढाउने हुनुपर्ने भएपनि यहाँ गुन लगाउनेलाई पहिँचो तिर्नेबाहेक अर्को केही छैन,’ शिक्षासेवीसमेत रहेका उनले थपे, ‘साहित्यिक महोत्सवमै पनि त्यही किसिमको पहिँचो तिरेजस्तो देखिन्छ । त्यो हुनुहुँदैन ।’

जुनसुकै क्षेत्रमा गरिएका यस्ता किसिमका कार्यक्रमले रैथाने मानिसलाई प्रोत्साहन हुनुपर्ने उनी बताउँछन् । फेस्टिबलहरूका कारण रैथाने मानिसलाई कति फाइदा भएको छ भन्ने बुझ्नुपर्ने र ‘क्वालिटी’को प्रबद्र्धन गर्ने हो भने समाजमा सकारात्मक सन्देश जाने उनले बताए ।

‘समाजमा बढेको विभेदलाई घटाउनका निम्ति पनि यस्ता महोत्सवले योगदान पु¥याउनुपर्छ,’ उनी भन्छन्, ‘तर आयोजकले मूल उदेश्य भन्दा विपरीत ‘हाम्रो दाइ सत्तामा छ, पैसा दिइहाल्छ’ भन्ने प्रवृत्तिले कार्यक्रम आयोजना गरेको पाइन्छ । कार्यक्रमको मूल मर्म के हो ? भन्ने बुझ्नुपर्छ । तर, आयोजकमै त्यो बुझाइको कमी छ ।’

सबै कार्यक्रमले समाजमा फाइदा र बेफाइदा दुवै हुन्छ । महोत्सव तथा फेस्टिबलका आयोजना हुुनुले समुदायका मानिसलाई एकत्रित गराउने र सामाजिक अन्तरक्रिया बढाउने लक्ष्य लिनुपर्छ ।

यस्ता कार्यक्रमले आर्थिक पाटोमा चलायनमा बनाउनमा सहज पनि हुन्छ ।

तर, त्यसभन्दा ठीक विपरीत भइरहेको पाइन्छ । खासगरी मेला, महोत्सव, फेस्टिबललगायतमा कलाकार ल्याएर ‘उफार्ने’ मात्रै र स्थानीय सरकारलगायतबाट ‘आर्थिक उपार्जन’ गर्नेबाहेक दोस्रो कुनै उदेश्य नदेखिने विज्ञहरू बताउँछन् ।

Tags: तेजबहादुर पुरीमहोत्सवसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.