Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०८०
in समाचार
0
हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा
86
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ ।

कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आव २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर कृषिउपज बिक्री गर्ने छन् ।

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ ।

नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले  ‘हलेसी कृषि मार्ट’को शुभारम्भ गर्नुभएको थियो ।  कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज सङ्कलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ । कृषकले आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए ।

आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताउनुभएको छ ।

“अरु बेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपथ्र्यो । आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कृषिउपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताउनुभएको छ ।

“त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो । यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पु¥याउन सकिएको छैन । नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ । कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन् । विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैँ चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो ।

नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन् ।

Tags: #कृषि#खोटाङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
विविध

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.