इटहरी : इटहरी उपमहानगरपालिका २ बाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी २ मा रहेको एक ट्याटु हाउसबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बेचबिखन हुने गरेको भन्ने विशेष सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले ट्याटु हाउस सञ्चालक स्थानीय २५ बर्षीय मनिष लिम्बूलाई पक्राउ गरेको हो ।
लिम्बूले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रहरीले १.६८ ग्राम ब्राउनसुगर, नगद दुई हजार ३ सय रुपैयाँ र २ थान मोबाइलसमेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका लिम्बूको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post