Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८०
in खेलकुद, समाचार
0
‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)
235
SHARES
Share on FacebookShare on Twitter

इटहरी :इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।

१६ देखि ३९ वर्ष उमेर समूहका धावकहरूले सबैभन्दा छिटो १० किलोमिटर दूरी पार गरेर प्रथम, द्धितीय र तृतीय भएकाहरूलाई पुरस्कृत गरियो । जसमा जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरियो ।

यसैगरी ४० देखि माथिका (भेट्रान) लाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले १० किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई पनि नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरियो ।

प्रतियोगितामा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई जनही पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरियो ।

यसैगरी ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता आयोजना गराइयो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरियो । सबै विधामा पुरुष र महिलाहरूलाई पुरस्कृत गरिएको थियो । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक मानिस जीवनमा दौडिनुपर्ने बताए । ‘आज गाउँको वास्तविकता अवस्था हेर्न पाइयो, धेरै मानिस गाउँ फर्किरहेका छैनौँ,’ उनले भने, ‘हाम्रो गाउँ बाटो हेर्दा रमाइलो अनुभूति भयो । हरेक मानिस जिन्दगीमा दौडिनुपर्छ । जिन्दगी भनेकै दौड पनि हो ।’

उनले जीवनमा दौडेर थाक्न नहुने बताए । योग्य र दक्ष जनशक्ति निर्माण गर्नका निम्ति उपमहानगरले बजेट बिनियोजन गरेको उनको भनाइ छ ।

इटहरी क्षेत्रमा हुने सबै दौडमा आफू सहभागी भएकाले यो दौड सबैभन्दा बढी सहभागी भएको र बृहत भएको मेयर पौडेलले बताए ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले यो दौडले स्वास्थ्यप्रति चेतना फैलाएको बताए । ‘आगामी वर्षमा हुने कार्यक्रममा वडाबाट बजेट बिनियोजन हुनेछ,’ उनले भने, ‘स्वास्थ्य रहनुपर्छ भनेर दौड आयोजना गरिँदा सकारात्मक सन्देश दिएको छ ।’

स्वास्थ्य नै ठूलो सम्पत्ति रहेको भन्दै उनले सोच र विचार सकारात्मक हुनुपर्नेमा जोड दिए ।

छिमेकी देश भारतको दार्जिलीङबाट आएका प्रिमुस भुटियाले आफू हार्न, जित्नका लागि नभइ स्वास्थ्यका लागि दौडेको बताए । ‘मात्नुभन्दा सुत्नु राम्रो, सुत्नुभन्दा कुद्नु राम्रो,’ उनले भने, ‘मलाई कुद्दाखेरि जिस्काउँछ, तिमी जित्छौ भन्छन् ? म जित्नका लागि होइन, स्वास्थ्यका लागि कुदेको हुँ ।’

उनले कुद्दा कूलतबाटसमेत मुक्त हुने भएकाले युवाहरूलाई कुद्नका निम्ति प्रोत्साहित गरे ।

खेल संयोजक मीनकुमार खवासले रनर भनेको कोही जित्ने, हार्ने भन्दापनि कुद्नेहरू सबै रहेको बताए । उनले भने, ‘रनररू उहाँहरू हो, जसले टार्गेट पूरा गर्नुहुन्छ । फरक यतिमात्रै हो, कसैले छिटो र कसैले ढिलो टार्गेट पूरा गर्नुहुन्छ ।’

तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार स्थानीय ठाउँलाई चिनाउन र पर्यटन प्रबद्र्धन गर्नका निम्ति उक्त रन कार्यक्रमको आयोजना गरिएको हो । पहिलोपटक तरहरामा यो किसिमको रन कार्यक्रम अयोजना गरिएको र अर्को वर्षपनि आयोजना गरिने बताए ।

भिडियो

Tags: #खेलकुददौडरनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.