संखुवासभा : संखुवासभाको खाँदबारीमा लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका ११ घर भइ खाँदबारी ७ मा बस्दै आएका ३१ वर्षीय मंशिरे शेर्पालाई युवतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
२६ वर्षीय बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सिलिचोङ गाउँपालिका २ घर भइ लिभिङ टुगेदरमा शेर्पासँगै बस्दै आएकी राई र शेर्पाबीच फागुन १८ गते घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा शेर्पाले कुटपिट गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका ७ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post