Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका मेयरले निजी विद्यालय सञ्चालकहरूलाई ‘लुटेरा’ भनेपछि छाता संगठनहरूद्वारा आपत्ति

निकृष्ट शब्दले पीडा भएको भन्दै खण्डन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २७, २०८०
in समाचार
0
इटहरीका मेयरले निजी विद्यालय सञ्चालकहरूलाई ‘लुटेरा’ भनेपछि छाता संगठनहरूद्वारा आपत्ति

आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइँदै ।

207
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निजी विद्यालयका सञ्चालकहरूलाई ‘लुटेरा’ भनेको भन्दै छाता संगठनहरूले आपत्ति जनाएका छन् ।

आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी विद्यालयका छाता संगठनहरू हिसान, प्याब्सन र एन–प्याब्सनले आपत्ति जनाएका हुन् ।

मेयर पौडेलले निजी विद्यालयका सञ्चालकहरूमाथि ‘निकृष्ट शब्द प्रयोग गर्दै अपमानित महसुस’ गरेको भन्दै आपत्ति रहेको जानकारी दिइयो ।

हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले मेयरबाटै यो किसिमको लाञ्छना लगाउनु अस्वभाविक रहेको बताए ।

मेयर पौडेलले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत निजी विद्यालयहरूले किताब, कापी, मोजा र पोसाक बिक्री गरेर ‘लुटेको’ बताएका थिए । उनले वार्षिक शुल्क र परीक्षा शुल्कको नाममा मनपरी शुल्क लिएको आरोप लगाएका थिए ।

सोही विषयमा खण्डन गर्दै संगठनहरूले आपत्ति जनाएका हुन् ।

विद्यालयमै मोजा, पुस्तक, कापी, पोसाक बेच्ने कुरा मेयरबाटै आइरहँदा निजी विद्यालयहरू सच्चिनुपर्दैन भन्ने जिज्ञासामा हिसान सुनसरीका अध्यक्ष भट्टराईले भने, ‘नियमन गर्न हामी तयार छौँ । हामीलाई पनि थाहा छैन, क–कसले यस्तो गरिरहेको छ ?,’

उनले उपमहानगरले यसबारे नियमन गर्ने ‘मेकानिजम’ बनाउनुपर्ने र यो कार्य गलत रहेको स्वीकार गरे ।

आफूहरूले विद्यालयमै जुत्ता, मोजा र पोसाक बेच्ने काम गर्न उद्वेलित नगर्ने उनको भनाइ छ ।

हिसान कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश दुलालले कुनै एक विद्यालयले गलत गरेको छ भन्दैमा सबैलाई एकै खाडलमा मुछ्न नहुने बताए । उनले भने, ‘सम्पूर्ण विद्यालय लुटेरा हुन् भन्नु र राजनीतिक दलका झोले हुन् भन्नु शोभनीय लागेन ।’

पोसाकबारे शिक्षा नियमावलीमा भएकै कुरा लागू भइरहेको उनले बताए । ‘गुणस्तरीय शिक्षा दिन शुल्क लिनुपर्छ भन्ने कुरा त जनता माविलाई हेरे पुग्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा अझै थप हुनका निम्ति इटहरीमा लगानी थप आवश्यक छ । यसमा त सरकारले प्रोत्साहन गर्नुपर्छ । निरुत्साहित गर्दा त कसरी शिक्षा सुधार हुन्छ ?’

उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति निजी क्षेत्रले कुनै कसर बाँकी नराख्ने बताए ।

शिक्षाको गुणस्तर र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरू पनि सकारात्मक रहेको भएपनि कसैलाई लाञ्छना लगाउनु र आरोप लगाउन आवश्यक नरहेको दुलालले बताए । निजी क्षेत्रको लगानीलाई सरकारले मूल्यांकन गर्नुपर्ने उनको तर्क छ ।

प्याब्सन कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापाले इटहरीको शैक्षिक अवस्थालाई सुधार गर्नका निम्ति सबै तयार रहेको बताए ।

‘नियमन र सुधारको निम्ति एक पक्षलाई मेयरले गरेको अपमानजनक व्यवहार ठीक छैन,’ उनले भने, ‘केही दिनअघि उपमेयरले सार्वजनिक कार्यक्रममै कुनै एक पक्षलाई बाहिर राखेर शिक्षा ऐन बनाएको बताउनुभएको थियो । यसरी हेर्दा हाम्रो एक पक्षलाई बाहिर राखेर शिक्षा क्षेत्र सुधार हुँदैन ।’

प्याब्सन इटहरीका उपाध्यक्ष सूर्यमणि निरौलाले सबै विद्यालयमा एकै पोसाक लागू गर्न नसक्ने जिकिर गरे । ‘आगामी शैक्षिक सत्रदेखि पोसाकमा एकरूपता ल्याउने विषय कार्यान्वयन गर्न सकिदैँन,’ उनले भने, ‘यसबारे उच्च अदालत विराटनगरमा रिट पनि दायर भएका कारण हामी थप कुरा बोल्न चाहन्नौ ।’

निजी विद्यालयका तर्फबाट इटहरी नगर शिक्षा समिति सदस्य रहेका पूण्यप्रसाद सापकोटाले भने यसअघि उपमहानगरमा भएको छलफलमा आफूले असहमति जनाउँदापनि मेयर पौडेलले एकलौटी निर्णय लादेको आरोप लगाए ।

‘पोसाकको विषय शिक्षा समितिबाट निर्णय भएपनि मैले असहमति लेख्ने कुरा थियो,’ उनले भने, ‘मैले शालिनताका साथ विमति राखेको छु । तथापि, उहाँहरूले स्वीकार गर्नुभएन ।’

इटहरी उपमहानगरले केही दिनअघि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे संकल्प पत्र प्रस्तुत गरेको थियोे ।

आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइँदै ।

संकल्प पत्रअनुसार इटहरीका जनप्रतिनिधि, कर्मचारीका छोराछोरीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने, आगामी शैक्षिक सत्रदेखि संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई सबै प्रकारका शुल्कहरूमा एकरूपताका लागि आवश्यक व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा मोबाइल नर्सिङ सेवा प्रदान गरिनेजस्ता बुँदा उल्लेख छन् ।

यसअघि उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको थियो । निजी विद्यालयलाई किताब तथा स्टेशनरी बिक्री वितरणमा रोक लगाउने भन्दै गरेको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट समेत परेको थियो ।

प्याब्सन इटहरीका उपाध्यक्ष सूर्यमणि निरौलाले पालिकालाई विपक्षी बनाएर गत फागुन २ गते रिट दायर गरेका थिए । अदालतले उपमहानगरलाई १५ दिने लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले बिहीबार ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने ? आधार, कारण र प्रमाणसहित १५ दिनभित्र हाजिर हुन’ उपमहानगरलाई आदेश गरेको हो ।

उपमहानगरको गत २५ माघको सरोकारवालाहरूसँगको सर्वपक्षीय बैठकले विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर सबै विद्यालयमा एउटै पोसाक लागू गर्नुका साथै आगामी शैक्षिक सत्रदेखि विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क बापत पटकपटक शुल्क असुल्न नपाइने निर्णय गरेको थियो ।

इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० वटा विद्यालय छन् ।

भिडियो

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाविद्यालयशिक्षाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1259 shares
    Share 504 Tweet 315
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.