Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सफारी चालकसँग अनाधिकृत तवरबाट पैसा उठाउँदै इटहरीका नगर प्रहरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १, २०८०
in टाकुरा विशेष, समाचार
0
सफारी चालकसँग अनाधिकृत तवरबाट पैसा उठाउँदै इटहरीका नगर प्रहरी

सादा पेपरमा पैसा तोकको कागज ।

648
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका नगर प्रहरीहरूले सफारी चालकहरूसँग अनाधिकृत तवरबाट पैसा उठाएको पाइएको छ ।

मुख्य राजमार्गहरूमा गुड्ने विद्युतीय सवारी साधन ई–रिक्सा (सिटी सफारी) चालकहरूसँग अनाधिकृत तवरबाट पैसा लिएको पाइएको हो ।

नगर प्रहरीहरूले सादा कागजमा ‘बाटो इजाजत नभएको’ भन्दै पाँच सय रुपैयाँको चिट काटेर चालकहरूसँग अनाधिकृत तवरबाट पैसा लिएको पाइएको हो ।

‘श्री कर शाखा, बाटो इजाजत नभएको रु. ५००। जरिवाना ।’ अलिक तलपट्टी हस्ताक्षर र मिति उल्लेख छ ।
यसरी मुख्य राजमार्गमा गुडिरहेका सवारी साधन नगर प्रहरीले चेकजाँच गर्नै नपाइने कानुनी व्यवस्था छ । तर, कानुनी व्यवस्थाको धज्जी उडाउँदै नगर प्रहरीहरूले अनाधिकृत रूपमा पैसा लिएका हुन् ।

यसबारे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेल भन्छन्, ‘नगर प्रहरीलाई फाइन काट्न पाउने त अधिकार नै छैन ।’

सवारी साधनको चेकजाँच गर्ने अधिकार ट्राफिक प्रहरीलाई मात्रै रहेको उनले बताए । ‘कागजात चेक गर्ने अधिकार ट्राफिक प्रहरीलाई नै हो । तर, नगरपालिकाभित्र बेग्लै नीति पनि हुनसक्छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘तर, नियम उल्लंघन गरेको, कागजपत्र भए, नभएको भन्नेबारे ट्राफिक प्रहरीले मात्रै फाइन काट्ने अधिकार छ ।’

नगर प्रहरीले पार्किङ व्यवस्थापनको कुरामा मात्रै जरिवाना लिन सक्ने उनको भनाइ छ । नगर प्रहरीले चिट नै काट्ने अधिकार नरहेको एसपी पौडेलले दोहो¥याए ।

उता, मेयर पौडेलसँग यसबारे बुझ्न पटकपटक फोन सम्पर्क गरेपनि सम्पर्क हुन सकेन ।

सफारी चालक मीनराज ढकालले नगर प्रहरीबाट विभिन्न बहानामा कुटपिट गर्ने, लखेट्ने र यातना दिने काम भइरहेकोसमेत बताए ।

‘नगर प्रहरीले सादा पेपरमा चिट काटेर दुःख दिने गरेको छ । सादा पेपरमा कुन आधारमा चिट काटियो ?,’ उनले भने, ‘हामीले अदालतबाट मुद्दा जितिसकेको अवस्थामा मजदुरलाई लात हान्न मिल्छ ?’

सफारी चालकको बिलबुक, लाइसेन्स माग्दै नगर प्रहरीले दुःख दिएको उनको भनाइ छ । सफारी चालक इटहरी ४ निवासी नरबहादुर सुनार भन्छन्, ‘नगर प्रहरीले लछारपछार गरी कानुन नै हातमा लिएर लाठी चार्ज ग¥यो । इटहरीका मेयर हेमकर्ण पौडेलको निर्देशन भन्दै नगर प्रहरीले मजदुरमाथि यातना दियो ।’

सर्वहारा मजदुरमाथि अन्याय र अत्याचार भएको उनको दुखेसो छ । आफूहरूले उपमहानगरले तोके बमोजिम पालिकामै सिटी सफारी दर्ता गरेर मजदुरी गरेपनि नगर प्रहरीले ज्यादति गरेको उनले बताए ।

मुख्य राजमार्ग ट्राफिक प्रहरीको क्षेत्राधिकारभित्र पर्ने भएपनि नगर प्रहरीले सफारी चालकमाथि दुःख दिएको मजदुरहरूको भनाइ छ ।

सुन्दरहरैँचा निवासी चालक सरिता सरदारका अनुसार एक दर्जन बढीको संख्यामा नगर प्रहरीले बाटो नै छेकेर चालकलाई दुःख दिने गरेका छन् ।

‘सफारी धकेलेर चाबी खोस्ने, दुःख दिने गरिएको छ,’ उनले भनिन्, ‘अति भएपछि आज त गाडी नै लैजा भनेर बुझाएँ ।’ उनले नगर प्रहरीबाट आफूहरू आजित भएको बताइन् ।

लाठी चार्जपछि इलाका प्रहरी कार्यालयमा नगर प्रहरीहरूले ‘माथिको आदेश’ भएको र माथि नै कुरा गर्न भनेका छन् । प्रहरी निरीक्षकको कार्यकक्षमा भेला भएका अर्जुन बस्नेतसहितका नगर प्रहरीहरूले मेयर हेमकर्ण पौडेलको आदेश भएको र आफूहरूले जति छलफल गरेपनि केही नहुने प्रतिक्रिया दिए ।

‘मेयर साबको आदेश भएकाले सवारी चेकजाँच गरेका हौँ,’ उनले भने, ‘हामीलाई भनेर पनि केही हुँदैन । उहाँसँगै कुरा गर्नुहोस् ।’

यसअघि इटहरी उपमहानगरले मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट यहाँ भित्रने सफारीहरूलाई टाइम कार्ड लागू गरेको थियो । नगर सीमा क्षेत्रभित्र नगरले तोकेको समयसीमा मात्रै सफारी चल्नुपर्ने, अन्यथा कारबाहीको प्रक्रिया अगाडि बढाउने उपमहानगरले निर्णय गरेको थियो ।

तर, टाइम कार्डको विरुद्व उच्च अदालतमा रिट परेसँगै यसअघि नै उच्च अदालतले अन्तरिम आदेशसमेत दिएको थियो । उच्च अदालत विराटनगरले सिटी सफारीलाई रोक्ने र अन्य कुनै पनि प्रकारको कर लिने कार्य नगर्न अन्तरिम आदेश दिएको थियो ।

सफारी चालकको पेसा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष असर पुग्ने भन्दै निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपनि उपमहानगरले आफूखुशी मुख्य राजमार्गमा सफारीको कागजपत्र चेकजाँच गर्दै आएका छन् ।

भिडियो

यो पनि – इटहरीका नगर प्रहरीद्धारा पत्रकारमाथि ‘ठेगानमा बस्’ भन्दै हातपात

Tags: #इटहरी उपमहानगरपालिकाअनाधिकृतटाकुरा विशेषनगर प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.