इटहरी : हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी प्रदेशमा बिहानको रातिदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिनभर पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, हिमाली भू–भागका केही स्थानमा पनि छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।
आज दिउँसो कोसी, मधेश र बागमती प्रदेशको केही स्थानका साथै बाँकी देशका पहाडी भू–भागका मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














Discussion about this post