Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार, ‘साहित्य महोत्सव’ हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८०
in कला साहित्य, समाचार
0
पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार, ‘साहित्य महोत्सव’ हुँदै
108
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।

इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् ।

इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार सहभागी हुनेछन् ।

“इलाम आफैँमा एउटा रमणीय र सुन्दर पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएका हौँ”, अध्यक्ष थाम्सुहाङले भन्नुभयो, “महोत्सवमा नेपाल र भारतका गरी दुई सय बढी साहित्यकार यहाँ आउनुहुनेछ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुहुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुने उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सम्भाषण हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन ‘सङ्घीयता: यस्तो वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा.अरुण गुप्ता र राजन मुकारङबोको बहस र ‘आख्यान: अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णिम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ ।

साथै ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचनसमेत सोही दिन हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

दोस्रो दिन ‘संरक्षण र पर्या-पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ ।

‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीको बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा.स्मिता विष्टको बहस, ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदीप गिरी र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

Tags: #पर्यटन#राससइलामप्रकाश थाम्सुहाङमहोत्सव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.