Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा नेपाली नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८०
in समाचार
0
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

सांकेतिक तस्वीर ।

107
SHARES
Share on FacebookShare on Twitter

मोरङ : स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो ।

त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गतवर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरु मात्रै हुने गरेपनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरुले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरु बढेको बताउनु भयो ।

एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको बताउनु भयो ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताउनुभयो ।

त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताउनुभयो ।

केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

युरोप, अमेरिकालगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

Tags: #मोरङनागरिकता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    307 shares
    Share 123 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.