Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०८०
in समाचार
0
चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण
64
SHARES
Share on FacebookShare on Twitter

झापा : धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।

जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो ।

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा  आर्थिक वर्ष २०७९/८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ ।

कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो । कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो ।

शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ ।

“विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो”, सूचना अधिकारी भण्डारीले भन्नुभयो, “एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।”

गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख हुनुहुन्छ । उहाँले ज्ञान केन्द्रको सहयोगमा आफूले आधुनिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताउनुभयो । उहाँले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताउनुभयो ।

गौरीगञ्ज गाउँपालिका–१ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ ।”

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । कृषि ज्ञान केन्द्रका  अनुसार आव २०७९/८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाकाेमा एक लाख चार हजार १४ मेट्रिकटन उत्पादन भएको थियो ।

Tags: #झापा#राससआकर्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : इटहरी, धरानसहित कोशी प्रदेशका प्रमुख सहरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योगबाट पर्याप्त आपूर्ति हुन...

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३
धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.