इटहरी : माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार)देखि सुरु भएको छ ।
आज पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । चैत्र २७ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजे सकिने छ ।
एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।












Discussion about this post