Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको डुबान रोक्ने उपमहानगरको ‘ड्रिम प्रोजेक्ट’ : भत्काउनुपर्ने संरचना कति छन् ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०८०
in समाचार
0
इटहरीको डुबान रोक्ने उपमहानगरको ‘ड्रिम प्रोजेक्ट’ : भत्काउनुपर्ने संरचना कति छन् ?

इटहरी ३ मा अतिक्रमित संरचना भत्काईँदै ।

119
SHARES
Share on FacebookShare on Twitter

इटहरी : खोला पैनी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सार्वजनिक सूचना जारी गरेको इटहरी उपमहानगरपालिका आफैंले भत्काउन सुरु गरेको छ ।

गएको असारमा ३५ दिने सूचना जारी गर्दै अनाधिकृत भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यसपछि पटकपटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो ।

समयमा संरचना नभत्काएपछि उपमहानगर आफैंले भत्काउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

गएको मङ्गलबारबाट इटहरी ३ को तालतलैया क्षेत्रबाट टेङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका अवैध संरचना भत्काउन सुरु गरेको हो ।

शनिबारसम्म करिब १ किलोमिटर बढी क्षेत्र सफा भइसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए ।

कसरी हुँदै छ खोला सफाई ?

टेङ्ग्रा खोला सफाई अभियानमा ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको छ । अमिन र इञ्जिनियर सहितको २४ जनाको प्राविधिक टोली काममा खटिएका छन् । २ ग्रुपमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गर्छ ।

कानुनी विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजीकरण गर्छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको काम गर्छन् ।

सफाई अभियानको संयोजकको रूपमा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीलाई तोकिएको छ । ३६ जनाको नगर प्रहरीले बिहान, दिउँसो र बेलुका सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ ।

उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गर्छन् ।

खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात भए त्यो पनि सफा गर्ने गरेको छ । अब क्रमशः वडा नं. २, ४ हुँदै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुलसम्म सफाई गरिने जनाइएको छ ।

यही गतिमा काम भए १५ देखि २० दिन भित्रमा टेङ्ग्रा पुलसम्म आइपुग्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले बताए । सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना रहेको छ ।

भत्काउनुपर्ने संरचना कति छन् ?

खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल र सो कार्यदल अन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेङ्ग्रा खोलाको मुहानदेखि दक्षिणी सीमासम्म नापजाँच सुरु गरेको थियो ।

नापजाँच र अध्ययनअनुसार ७४ वटा संरचना खोला मिचेर बनाइएको छ । यसमा १० वटा नक्सा पास भएका घरहरू छन् । बाँकी भने नक्सा पास नभएका भौतिक संरचना छन् ।

जसमध्ये २२ वटा आर. सी. सी. भवन छन् ।

यस्ता भवनमध्ये घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्च समेत छन् । गाईवस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन् । कतिपय ठाउँमा खोला भित्रैबाट जग उठाएर भवन बनाइएको छ ।

यस्तो समस्या वडा नं. ४, ६ र ९ मा बढी रहेको छ । यी वडामा खोला मिचेर भौतिक संरचना धेरै बनाइएका छन् । यी संरचना भत्काउनुपर्ने उल्लेख छ ।

तालतलैयाको मुहानबाट जति दक्षिणतर्फ जान्छ, त्यति धेरै अतिक्रमण गरेको पाइन्छ । वडा नम्बर ३ मा गाईवस्तुका गोठ, सुँगुरका खोर बाख्राको खोर खोलाको क्षेत्राधिकार भित्र बनाइएका छन् भने बजार क्षेत्रमा भने घर भवनहरू नै निर्माण गरिएको छ ।

जुन मापदण्डअनुसार भत्काउनुपर्ने देखिएको छ ।

टेङ्ग्रा करिडोरको काम पनि सँगसँगै

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अगाडि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ ।

तालतलैयाको मुहानदेखि दक्षिणी सीमा जोडिएको ठाउँसम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ ।

कोरिडोर निर्माणको काम पनि सँगै सुरु गरिएको छ । कोरिडोर बनाउन साइड ‘क्लियरेन्स’को काम पनि सँगै हुँदै छ । एकैपटक दुवै काम सँगै भइरहेको उपमहानगरको दाबी छ ।

पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ–बायाँ २०–२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदैछ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ ।

खोला सफाई र साइड ‘क्लियरेन्स’को काम सकिनसाथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

विश्व बैङ्कको प्राविधिकसहितको टोलीले अनुगमन गरी आवश्यक लागत ‘स्टिमेट’ गर्ने उनले बताए ।

कोरिडोर कुन मोडलमा बन्ने भन्ने विषय त्यही प्राविधिक टोलीको अनुगमन पश्चात निर्णय गरिने उनको भनाइ छ । यही आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्यसाथ काम अगाडि बढाइएको उनले बताए ।

 

-ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाअतिक्रमित संरचनासंरचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    460 shares
    Share 184 Tweet 115

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.