विराटनगर : विराट गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको विजेता रहेको चर्च ब्वाइज क्लब पहिलो खेलबाटै बाहिरिएको छ ।
सोमबार राति विराटनगरको सहिद मैदानमा भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) चर्च ब्वाइजलाई २–० गोलले पराजित गरेको हो ।
एपीएफका लागि प्रदीप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल प्रस्तुत गर्यो ।
५७ औं मिनेटमा एपीएफका प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । यसैगरी ८१ औं मिनेटमा एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे ।
चर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको थियो । आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भएको हो।
खेलको म्यान अफ म्याच एपीएफका प्रदीप लामा घोषित हुँदै नगद ११ हजार पाए ।
गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार (आज) मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजकले जनाएको छ ।













Discussion about this post