Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८०
in समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् ।

षडानन्द-७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।

पुल निर्माणले वर्षौँदेखि भोग्दै आएको समस्याको अन्त्य भएको वडा नम्बर ७ का स्थानीय दीपबहादुर मगरले बताउनुभयो । बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेकामा अब समस्या अन्त्य भएको उहाँको भनाइ छ ।

पुल निर्माण भएर उद्घाटन भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको मगरले बताउनुभयो ।

“यो खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “पुल निर्माण भएपछि अहिले सहज भएको छ ।” नगरपालिकाको पहलमा पुल निर्माण भएको उहाँको भनाइ छ ।

यसअघि वर्षाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय खेतमा नै बास बस्नुपर्ने अवस्थासमेत आएको स्थानीय चतुरमाया मगरले बताउनुभयो । पुल निर्माणसँगै खोला खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या अन्त्य भएको उहाँको भनाइ छ ।

“खोलापारि खेत छ”, चतुरमायाले भन्नुभयो, “दैनिकजसो खेतीमा आउनुपर्छ । खोलापरि जान काठको फट्के थियो । त्यो फट्के पनि ठुलो खोला आउँदा बगाउँथ्यो । पुल बनेपछि हामीलाई सहज भएको छ ।”

४८ लाख १२ हजार आठ सय २५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिनुभयो । पुल निर्माणमा नगरपालिकाको छ लाख २५ हजार छ सय ६७, सङ्घीय सरकारको १९ लाख ५१ हजार दुई सय ९१ र बाँकी रकम स्थानीयको जनश्रमदान र सेतो गुराँस संस्थाले लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवा खोलामा झोलुङ्गे पुल निर्माण गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।

उहाँका अनुसार योसँगै हालसम्म नगरपालिकाको पहल तथा लगानीमा सात वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । प्रमुख उदासले नगरपालिका क्षेत्रमा आवश्यक पर्ने झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको अघि बढाइएको बताउनुभयो । आगामी आर्थिक वर्षमा थप चार वटा पुल निर्माण हुने उहाँको भनाइ छ ।

“हामीले स्थानीयको आवश्यकताका आधारमा विकासका गतिविधिलाई अघि बढाएका छौँ”, प्रमुख उदासले भन्नुभयो, “नगरको पहलमा सात वटा पुल निर्माण भएका छन् । एउटा अन्तिम चरणमा छ । आगामी वर्ष थप चार झोलुङ्गे पुल निर्माण गर्छौ । हामीले नागरिकलाई स्थानीय सरकार छ भन्ने आभास हुनेगरी गतिविधि बढाएका छौँ ।”

पुल निर्माणले आफ्ना वडाका तीन सय बढी नागरिकलाई राहत मिलेको वडा नम्बर ७ का वडाध्यक्ष दिपेश विष्टले बताउनुभयो । पुल निर्माणका लागि सेतो गुराँस बाल तथा सामुदायिक विकास भोजपुरले प्राविधिक तथा सामाजिक सहयोग गरेको उहाँको भनाइ छ ।

वि.सं.२०८० जेठ ९ मा सम्झौता भएको थियो । नवनिर्मित पुलको एक कार्यक्रमका बिच हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गर्नुभयो ।

Tags: #भोजपुर#राससझोलुङ्गे पुलपुल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    242 shares
    Share 97 Tweet 61

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.