Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको कटहरीमा साढे दुई अर्ब लागतमा अस्पताल बन्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २६, २०८०
in समाचार
0
१९५ स्थानीय तहमा सुरू भएन अस्पताल निर्माण प्रक्रिया
122
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ।

सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो।

जीवन विकास लघुवित्त संस्थाले दुई अर्ब ५० करोड रुपैयाँको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो। संस्थाका अनुसार हाल ६४ करोड रुपैयाँ लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नं ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए।

कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उनको भनाइ छ। रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको सांसद मण्डलले बताए।

उक्त सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ। अध्यक्ष मण्डलले अस्पतालमा सो क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताए। ‘यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायतउपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्’, उनले भने।

आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरु निकै खुसी भएको स्थानीय रवि मण्डलले बताए। अस्पताल  २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। अस्पतालमा अन्य अस्पतालको तुलनाा सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ।

सो क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरु पनि उपचारका लागि आउनसक्ने अध्यक्ष मण्डलको भनाइ छ। कटहरी गाउँपालिका–२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया  रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारीसमेत प्राप्त हुने विश्वास व्यक्त गरे।

Tags: #मोरङ#राससअस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    244 shares
    Share 98 Tweet 61
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.