Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जनता माविका अध्यक्षको विवादास्पद अभिव्यक्ति, ‘कसैले माल खुवाइदियो भने फेसबुकमा लेखिहाल्ने ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०८०
in टाकुरा विशेष, समाचार
0
जनता माविका अध्यक्षको विवादास्पद अभिव्यक्ति, ‘कसैले माल खुवाइदियो भने फेसबुकमा लेखिहाल्ने ?’

जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल ।

243
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

विद्यार्थी भर्नापूर्व लिइएको प्रवेश परीक्षाको अवसर पारेर गरिएको एक कार्यक्रममा उनले अभिभावकहरूलाई सहयोग गर्न आग्रह गर्दै अहिले भइरहेका टीकाटिप्पणी पूर्वाग्रह राखेर गरिएको बताए ।

उनले भने, ‘सहयोग दिदैँ नदिएकाले किन सहयोग लिएको भन्छन् ? कसैले माल खुवाइदियो भनेर फेसबुकमा लेखिहाल्ने ?’ उनको विवादास्पद अभिव्यक्ति त्यतिमा मात्रै सीमित भएन ।

थपे, ‘जसले जनता स्कुलको विरुद्धमा फेसबुकमा स्टाटस लेख्छ, त्यो परिचालित मान्छे हो । विद्यालयको सुधार चाहने मान्छेले आग्रह, पूर्वाग्रह राखेर कसैको दोकान राम्रोसँग चल्यो कि चलेन भनेर बेलुका कसैले एक टोक्री माल खुवाइदियो भनेर कराएर केही हुन्छ ?’

जनता माविमा सहयोगको नाममा जबरजस्ती शुल्क लिएको विषयमा केही दिनअघि टाकुरा न्यूजमा समाचार प्रकाशित भएको थियो । सहयोग आफूहरूले तिर्ने र विरोध गर्नेहरूलाई अभिभावकले ठाउँको ठाउँ दबाब दिनुपर्ने भन्दै उक्साहटपूर्ण अभिव्यक्ति दिए ।

‘म त भन्छु तपाईँहरूले त्यस्तालाई ठाउँको ठाउँ दबाब दिनुपर्छ,’ उनले भने, ‘तँलाई के पीर भनेर तपाईँहरूले भन्नुपर्छ । पैसाका कारण कोही रोकिदैँन, तर पैसा नभइ स्कुल चल्दैन ।’

दंगालको उक्साहटपूर्ण र धम्कीपूर्ण अभिव्यक्तिले अभिभावकहरू आश्चर्यचकित बनेपनि त्यसबारे कसैले प्रतिक्रिया दिएनन् । माइक्रोफोनबाटै उनले विद्यालयर्ला सहयोगका निम्ति कुनै पनि कसर बाँकी नराख्न भने ।

उनले आफूहरूले अभिभावकबाट लिएको ‘सहयोग’ रकम सही ठाउँमा प्रयोग भएकोसमेत बताए । ‘चन्दा दिएको पैसा ठीक ठाउँमा खर्च भयो कि भएन ?,’ उनले थपे, तपाईँहरूले यो कुरा खोज्ने हो । चित्त नबुझेको कुरा स्कुलमा आएर भनिदिनुहोस् । बाटामा भनेका कुराले खुइल्याउने काम नगर्नुहोस् ।’

खासगरी जनता माविले अंग्रेजी भाषाको नाममा वार्षिक १९ हजार सात सय ५० रुपैयाँ शुल्क अभिभावकबाट अग्रिम लिने गरेको छ । शुल्क नतिरे भर्ना नै नगर्ने र किताबसमेत नदिने अधिकांश अभिभावकको गुनासो आइरहेको बेला व्यवस्थापन समितिका अध्यक्ष दंगालले भने संविधानको मर्मअनुसार चल्न नसकिने बताए ।

‘राज्यले १२ सम्म निःशुल्क भनेको कक्षा छ । खास संविधानको मर्मअनुसार भन्ने हो भने बोर्डिङ स्कुलमा पनि पैसा लिन पाइदैँन । तर, हामीकहाा पर्याप्त दरबन्दी छैन, ४० लाख रुपैयाँ तपाईँहरूले दिएको सहयोगले प्रति महिना शिक्षकले तलव खानुहुन्छ,’ दंगालले भने, ‘जो सँग साँच्चै पैसा छैन र नभएको अवस्थामा मलाई भेट्नु, सबैको जिम्मा म लिन्छु । जो सँग छ, त्यसले त सहयोग गर्नुपर्यो नि ? राज्यले दरबन्दी पनि नदिने, हामीले सकेनौँ भनेर निजीतिर पठाउनु त दुई लाख रुपैयाँ तिर्न ?’

उनले आफूहरूले कसैलाई शुल्क तिर्न दबाब नदिएको प्रष्टीकरण दिए । तर, अंग्रेजी भाषामा अध्यापन गराउँदा अग्रिम भुक्तानी नगरे जनक शिक्षा सामाग्रीबाट निःशुल्क उपलब्ध भएको किताबसमेत विद्यार्थीलाई नदिनेगरेको अभिभावकहरू बताउँछन् ।

विद्यालयले भनेजस्तो सहयोग रकम स्वेच्छिक हुनुपर्ने हो । तर, अनिवार्य १९ हजार सात सय ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको अभिभावकहरूको भनाइ छ । निजी स्रोतबाट नियुक्ति भएका शिक्षकलाई मासिक ४० लाख रुपैयाँ खर्च हुने भन्दै विद्यालयले जबरजस्ती शुल्क उठाउँदै आएको छ ।

यसबारे इटहरी उपमहानगरपालिका भने मूकदर्शक बनेको छ । मेयर हेमकर्ण पौडेलले इटहरीमा यस वर्ष शिक्षा सुधार अभियान चलाएको दाबी गरेपनि उनले उक्त विद्यालयलाई भने नियमन गरेका छैनन् ।

नेपालको संविधानको धारा ३१ को उपधारा २ अनुसार सामुदायिक विद्यालयमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।

संविधानमै निःशुल्क शिक्षा भनिएपनि जनता माविले भने निजी स्रोतको बहानामा बर्सेनि मोटो रकम असुल्दै आएको छ ।

यो पनि – अभिभावकबाट जथाभावी शुल्क असुल्दै इटहरीको जनता माध्यमिक विद्यालय

Tags: काशीनाथ दंगालजनता माविविवादास्पद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.