विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको लेटाङ नगरपालिका ९ का रोशन दर्जी र ३१ वर्षीय सुदन परियारलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर चेकँजाच गर्दा उनीहरूको साथबाट ७ ग्राम १ मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ परेका दुवैजनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post