तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दागपास्थितमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदीप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।














Discussion about this post