Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कामधेनुका दुग्धजन्य उत्पादन काठमाडौँमा बजारीकरण, विदेश निर्यातका लागि छुर्पीको सम्झौता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८१
in विविध, समाचार
0
कामधेनुका दुग्धजन्य उत्पादन काठमाडौँमा बजारीकरण, विदेश निर्यातका लागि छुर्पीको सम्झौता
119
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकामा बजारीकरण सुरु गरेको छ ।

संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरिएको संस्थाले जनाएको छ ।

२४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेसँगै उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादप ढकालले जानकारी दिए ।

ढकालकाअनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाबहिलमा शीत भण्डार स्थापना गरिएको छ । पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरू स्टोर गरी काठमाडौँ, भक्तपुर, ललितपुरसहित काभ्रेपलान्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले बताए ।

कामधेनुले यस आर्थिक वर्षभित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए । उपत्यकामासमेत खुल्ला दुग्ध पदार्थहरू जथाभावी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे ।

इटहरी उपमहानगरपालिका २० स्थित तरहरामा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम लगायत जिल्लाका ११ हजार कृषकहरू आबद्ध रहेका छन् ।

विदेश निर्यातका लागि छुर्पीको सम्झौता

कामधेनुले आफ्ना उत्पादनहरूलाई विदेशसम्म पुर्‍याउने तयारी सुरु गरिसकेको छ ।

बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रा।लीसँग कम्तीमा वार्षिक ५० हजार केजी छुर्पी विक्री गर्ने गरी सम्झौता गरेको छ ।

लेकाली नेपाल प्रालिका म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाका तर्फबाट अध्यक्ष ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिकेजी एक हजार तीन सयसम्म खुद्रा मूल्यमा विक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्नेगरी सम्झौता हुँदा समग्र कृषकहरूलाई फाइदा पुग्ने अध्यक्ष ढकाल बताउँछन् ।

कामधेनुले आफ्ना उत्पादनहरूलाई नेपालका ठूला सहरहरूमा समेत पुर्‍याउनका लागि बजारीकरण गर्नु महत्त्वपूर्ण भएको धनकुटाका कृषक भरत गुरुङले बताए ।

पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भइरहेको समयमा कोशी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने गुरुङको विश्वास छ ।

Tags: कर्पोरेटकामधेनुदूग्धबजारीकरणसम्झौता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.