इटहरी : सुनसरीको हरिनगर गाउँपालिकामा एक युवालाई सामूहिक रूपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
प्रहरीले हरिनगर वडा नं. १ का ४३ वर्षीय दमाल मियाँ र वडा नं. २ का २२ वर्षीय दिलसाद सिद्दकीलाई पक्राउ गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
चैत २२ गते हरिनगर वडा नं. ३ का ३० वर्षीय जीवन मेहतालाई सामूहिक रूपमा कुटपिट गरेको भोलिपल्ट चैत २३ गते हरिनगरको भूटाहामा दुई समूहबीच दोहोरो भीडन्त भएको थियो ।
मेहतालाई कुटपिट गर्ने समूहमा संलग्न अन्य पाँच जना फरार भएको र प्रहरीको विशेष टोली गठन गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।














Discussion about this post