इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलमा पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डाक्टर पवन पराजुलीको सेवा विस्तार गरेको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार प्रत्येक शनिबार पराजुलीको सेवा विस्तार गरेको हो ।
खान मन नलाग्ने, खाना निल्दा गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने, थकाइ लाग्ने, तौल घट्ने, बढ्ने, मुखमा अमिलो पानी आउने, पेट छाती तथा मुटु पोल्ने, दुख्ने, पेटमा पानी जम्मा हुने, पेट फुल्नेजस्ता समस्याको सहजै उपचार हुने श्रेष्ठले बताए ।
साथै, पेट आन्द्रा तथा कलेजो सम्बन्धी जुनसुकै समस्याकोसमेत उपचार हुने उनको भनाइ छ ।
हस्पिटलले २४ घण्टा नै इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ ।














Discussion about this post