इटहरी : सुनसरी र खोटाङको २ स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको कोसी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिससहित मोटरसाइकल चालक उदयपुरको चौदण्डी नगरपालिका ३ का ३५ वर्षीय सुजिल राई र पछाडि सवार उदयपुरको बेलका नगरपालिका ५ का २८ वर्षीय मिलन राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजारस्थित दिक्तेल सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बाग्मती ८६ प ८८४० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक खोटेहाङ गाउँपालिका ७ का २८ वर्षीय विपक राई र २७ वर्षीय मदन विश्वकर्मालाई स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा हाईट्रो कोलोरी २४६ ट्याबलेट र लागूऔषध गाँजा २५० ग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post