भोजपुर : भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दुधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका-१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बोलेरोमा १४ जना यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो पनि – भोजपुर : जिप दूधकोसी नदी किनारमा खस्यो, एकको मृत्यु














Discussion about this post