इटहरी : डाँडाबजार फुटबल क्लब, साँगुरीगढी धनकुटाको आयोजनामा सम्पन्न जंगबहादुर थापा स्मृति डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि निराजन फुटबल क्लबले चुमेको छ भने इटहरीको तालतलैया फुटबल क्लब उपविजेता भएको छ ।
फाइनल खेलमा निराजनले तालतलैयालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । निराजनका लागि दोर्जे तामाङले २ गोल गरे भने मिजास आमबुहाङले १ गोल गर्न सफल भएका थिए ।
निराजनले उपाधिसहित दुई लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता तालतलैयाले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको म्यान अफ दि म्याच निराजन क्लबका मिलन चाम्लिङ राई घोषित भए ।
यस्तै, विधागततर्फ विनय श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा आमोस लिम्बू उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट मिडफिल्डरमा उमेश कार्की, उत्कृष्ट फरवार्ड मिलन लिम्बू चुनिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी दोर्जे तामाङ घोषित भए भने उत्कृष्ट प्रशिक्षक तालतलैया फुटबल क्लबका सजीवन राई घोषित हुँदै पुरस्कृत भए ।














Discussion about this post