मोरङ : मोरङको रतुवामाई नगरपालिका ६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदलयात्री भारतको अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई पक्राउ गरिएको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया बरामद गरेसँगै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post