इलाम : इलाम जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका १० फिक्कल स्थितबाट झापाको बुद्दशान्ति १ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र १–०१–००१ ह ८२८६ नम्बरको अटोसहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यस्तै, प्रहरी चौकी तीनघरे इलामबाट खटिएको प्रहरी टोलीले सूर्योदय ११ स्थितबाट लागूऔषध गाँजा ४ केजी ६०० ग्रामसहित स्थानीय ३१ वर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post