विराटनगर : विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् ।
विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिए ।
जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना स्त्री तथा प्रसूति रोग, ५५ जना भिआईए जाँच, १२२ जनाको भिडियो एक्सरे, ६५ जनाले इसीजी सेवा लिएका छन् । त्यस्तै १० जना क्षयरोग पहिचान भएको छ ।
महानगरले १९ वटै वडामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा फिजिसियन, बालरोग, छालारोग, स्त्री रोग, हाडजोर्नीलगायतका सेवा प्रदान गरिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले बताए ।
महानगरले गत वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष १६ वटा वडामा स्वास्थ्य शिविर सम्पन्न भइसकेको तिम्सिनाले बताए ।














Discussion about this post