विराटनगर : विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
आम सर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क रूपमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
महानगरले बिहीबार नोबेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सो शिविरमा ३ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
सेवा लिएकामध्ये फिजिसियनतर्फ ७९ जना, बालरोगतर्फ १७७ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भिआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स–रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिए ।
शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमनसमेत गरे ।
वडा कार्यालय छेउमा रहेको श्री आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विद्यार्थीहरूले समेत स्वास्थ्य जाँच गराएको स्वास्थ्य महाशाखाका संयोजक दिलीप यादवले जानकारी दिए ।
महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।














Discussion about this post