इटहरी : कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दलका नेताहरूसँगको छलफलपछि मन्त्रालयको भागबन्डा टुंग्याएका हुन्।
मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्मा ६ र माओवादीबाट ४ जना सहभागी भएका छन्।
नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिएका छन् ।
कोको बने मन्त्री ?
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय : हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर राना
३) स्वास्थ्य मन्त्रालय : राजेन्द्र कार्की
४) सामाजिक विकास मन्त्रालय : पाँचकर्ण राई
५) ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय : एकराज कार्की
६) भौतिक पूर्वाधार विकास मन्त्रालय : गणेश उप्रेती
७) पर्यटन, वन तथा वातावरण मन्त्रालय : नारायणबहादुर बुर्जामगर
८) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : लीलावल्लभ अधिकारी
९) सृजना राई : राज्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०) वन्दना झाँगड : राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय














Discussion about this post