Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

धरानको ‘ओशो पार्क’ पर्यटकको रोजाइमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०८१
in भिजिट नेपाल, समाचार
0
धरानको ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
85
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।

धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।

बुटवलबाट साथीहरुसँगै धरान घुम्न आउनुभएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजभन्दा चार-पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ ।”

उदयपुर गाईघाटका प्रविन राई बिहानै गाईघाटबाट गाडी चढेर घुम्नका लागि ओशो पार्क पुग्नुभएको थियो ।

उहाँले भन्नुभयो, “टिकटक र फेसबुकमा देखेर यहाँ पहिलो पटक आएको छु । श्रमदान र मेहनत गर्दा एउटा खोलामा पनि सुन्दर र रमणीय घुम्ने ठाउँ बनाउन सकिने रहेछ भन्ने एउटा उदाहरण बनेको छ ।”

पहिले घुम्नका लागि भेडेटार धनकुटासम्म जाने गरेकामा अहिले यहाँस्थित पार्क नै आउने गरेको राईले बताउनुभयो । “स्थानीय स्तरमा यति सुन्दर घुम्ने ठाउँ बनिसक्यो, अब साथीभाइसँग घुम्न टाढा जानै नपर्ने भएको छ”, उहाँले भन्नुभयो ।

भानुचोकबाट करिब छ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ ।

पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् । दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ ।

उहाँ नौ वर्ष वैदेशिक जीवन बिताएर फर्केपछि यहाँ एक दशकदेखि व्यापार गर्दै आउनुभएको छ । गुरुङका अनुसार यहाँ घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । विशेष गरी यहाँ तोङ्बा, सुकुटीलगायत स्थानीय सामग्रीबाट बनेका परिकार खान पाइने उहाँले बताउनुभयो ।

“धेरैजसो अहिले बिक्री हुने भनेको तोङ्बा, सुकुटी र चटपटे धेरै बिक्छ, एक पटक आएको मान्छे निराश भएर चाहिँ जानुहुन्न फेरि फर्केर आइरहन्छन्”, उहाँले भन्नुभयो । व्यवसायी टेकबहादुर राई र सविता राईले पनि लामो समयदेखि यहाँ व्यवसाय गर्दै आउनुभएको छ । उहाँहरले अहिले यो ठाउँ निकै परिवर्तन भएको बताउनुभयो ।

यहाँ धरान, इटहरी, मोरङ, झापालगायत विदेशबाट पनि पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी टेकबहादुर राईको भनाइ छ । ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो ।

“अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन्”, उहाँले भन्नुभयो, “अझ विस्तारै यस ठाउँमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ । पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन् ।”

वडाध्यक्ष काफ्लेका अनुसार यो क्षेत्रमा घुम्न जाडोमाभन्दा गर्मी समयमा धेरै पर्यटक आउने गरेका छन् । “पर्यटकको थप आकर्षण बढाउनका लागि १३ नम्बर वडा कार्यालयले सात लाख सहयोग गरेको छ । ओशो पार्क क्षेत्रभित्रै फूलको बगैँचा, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न ढुङ्गाको डिजाइनबाट निर्माण गरिएका आकर्षक मूर्तिहरु राखिएका छन्”, उहाँले भन्नुभयो । सङ्घीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्याइएको २० लाखले ओशो (बिपी पार्क)को निर्माण गरिएको छ ।

साथै पूर्वसांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाखको सहयोगमा घिर्लिङको अवशेष जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार पार्क निर्माण गरिएको सांसद जयकुमारले बताउनुभयो ।

“धरानमा घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुर पछिको ओशो पार्क, (बिपी पार्क) सँगै यस क्षेत्रमा दर्जनौँ पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “यस पार्कलाई अझ एकीकृत गरेर साैन्दर्यकरण गर्नुपर्छ ।”

धरान-१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । पछिल्लो समय प्रदेश सरकारको ४० लाख सहयोगमा एक किमी सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै गएको छ । यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताउनुभयो ।

यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।  

Tags: #धरान#पर्यटन#राससपर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
FEATURE BREAKING

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.