Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ५, २०८१
in समाचार
0
दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
65
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल–खानीडाँडा–आहाले सडकको कामले गति लिएको छ ।

सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भ्याटसहित रु २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्ने गरी १० दशमलव ९७४ किलोमिटर सडक खण्ड कालोपत्रको ठेक्का लगाएको थियो ।

मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुई वटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रो पटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ–साप–सिरुवा जेभीले जनाएको छ ।

कालोपत्र भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए ।

“अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरू अहिले पुनः गर्नुपर्‍यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ”, उनले भने, “अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।”

अघिल्लो दुई वटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट रु १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले रु सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो ।

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।

Tags: #खोटाङ#रासस#सडककालोपत्रे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    687 shares
    Share 275 Tweet 172
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    351 shares
    Share 140 Tweet 88
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.