संखुवासभा : संखुवासभाको धार्मिक पर्यटकीय क्षेत्र सभापोखरी घुम्न आएका एक पुरुष मृत भेटिएका छन् ।
पोखरा महानगरपालिका २९ का बुद्धिबहादुर गुरुङ शुक्रबार (आज) मृत भेटिएका हुन् ।
गुफापोखरी हुँदै छोरा सागरसँग बुधबार बुद्धिबहादुर सभापोखरी घुम्न निस्केका उनी सभापोखरी ५ लोरुम्बामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
बाबु बिरामी भएपछि सागरले बिहीबार सभापोखरी ५ फाकुवाका स्थानीयसँग सहयोग मागेका थिए । उनको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उद्धार अघि नै उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।
शवलाई हेलिकोप्टरबाट पोखरा पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post